Nic

करिमनको दैनन्दिनीः राति ११ बजेसम्म चिया बेचेर परिवारको गुजारा (भिडियोसहित)

बिहार स्थायी घर भएका करिमन मुस्किलले १४ वर्ष पुगे होलान् ।

जोसेफ शाही
काठमाडौं । यी बालक देख्नेबित्तिकै ‘मानिस परिस्थितिको दास हो’ भन्ने सम्झन पटक्कै समय लागेन । के यिनलाई स्कुल ड्रेस र टाइ लगाएर विद्यालय जाने रहर छैन होला ? के यिनलाई न्यानो लुगा लगाएर सिरकमा गुटुमुटिँदै ‘मोटु पत्लु’ हेर्ने रहर छैन होला ? तर, विडम्बना पुसको कठ्यांग्रिने जाडोमा यी बालक दैनिक ४ घण्टा चिया पकाउन अभ्यस्त हुन्छन् । काठमाडौंकै रिङरोडभित्र प्रसुतिगृहको छेउैमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म चिया पकाउँछन् । भारतको बिहार राज्यस्थित मोतिहारी स्थायी घर भएका करिमन कुमार मुस्किलले १४ वर्ष पुगे होलान् ।

त्यति सजिलो कहाँ छ र ! पुसको जाडो त छदैँछ, त्यसमाथि ग्राहकको दुव्र्यवहार र प्रहरीको डरले पनि उस्तै बाघझाप्पु बनेर उनलाई सताइरहन्छ । राति ११ बज्ने बित्तिकै हतारमा पसल बन्द गरेर सुत्ने थातथलो पुग्नु पर्छ ।

भौगोलिक दृष्टिले नेपाल र भारत छिमेकी देश हुन् । तर यी बालकका लागि त परदेश नै हो नेपाल । आमाबुबा र भाइबहिनी छाडेर चिया उमाल्नु यिनको रहर मिस्रित बाध्यता हो । यति ठूलो आत्मविश्वासका साथ चिया पकाउने यी बालक निर्बाधरुपमा पढ्न पाए अझ कति फराकिलो बन्थ्यो होला यिनको आत्मविश्वास । अनि यति छिटो चम्चा चलाउने यी बालकको हातमा चिनी र चियापत्तीको साटो कापी कलम हुनुपर्ने होइन र ?

राति ९ बजेतिर हामी प्रसुति गृहको बाटो हुँदै घर जाँदै थियौँ । अत्यधिक जाडो भएकाले चिया खान मन लागिरहेको थियो तर अधिकांश पसल बन्द भइसकेका थिए । प्रसुति गृह अगाडि केही मान्छे चिया पिइरहेको देखेपछि हामी पनि पुग्यौँ । करिमनलाई शुरुमै सोधेँ, ‘बाबु चिया कपको कसरी हो ?’ भने, ‘२० रुपैयाँ ।’ साथी र मैले २ कप चिया र एउटा डोनट खायौँ । अनि पैसा कति भयो बाबु भन्दा जवाफमा उनले भने ३० रुपैयाँ । जबकि हामीले ६० रुपैयाँ तिर्नुपर्ने थियो । हुुन त पढ्नु पर्ने बेलामा चिया उमाल्न बिबस यी करिमन नसिकेको हिसाब निकालुन् कसरी ? यस्तो लाग्यो, करिमन चियासँगै आफ्ना सपना पनि उमाल्दैछन् ।


‘चिया पकाएबापत कति पैसा कमाउँछौ ?’ प्रश्नमा उनले भने, ‘५ हजार ।’ अनि कमाएको पैसा के गर्छौ भन्दा उनले घरमा पठाउँछु भने । हामीले उनीसँग कुरा गर्न धेरै प्रयास गर्यौँ तर उनी लजाए या क्यामरा देख्दा डराए । हामीसँग खुलेर कुरा गरेनन् करिमनले ।

प्रसुति गृहको छेउमा मात्र होइन, नयाँ बसपार्क, कोटेश्वर र कलंकीलगायत राजधानीका विभिन्न ठाउँमा करिमन जस्ता दर्जनौँ बालबालिका बालश्रम शोषणको शिकार बनेका छन् । बालश्रम गर्ने–गराउने जोकोही कानुनको नजरमा दोषी हुन् । यस्ता निकृष्ट कार्य गराउनेलाई कानुनी कठ्घरामा उभ्याउन राज्य र प्रशासन जिम्मेवार बन्न जरुरी छ ।

आफूलाई उदाउँदो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ठान्ने देश भारत अनि चिया पकाउँदाको पीडा मजैले अनुभूत गरेका प्रधानमन्त्री नरेन्द्र मोदी भोलिका राष्ट्रका कर्णाधार भनिने यस्ता बालबालिकाको सवालमा कहिले जिम्मेवार बन्लान् ? जन्मेर पोलियो थोपा पिउँदै कुद्न सक्ने भएपछि चिया पकाउन र बेच्न श्रमशिविर आउने यस्ता भारतीय बालकको सपाट नियति हेर्दा उदाउँदो अर्थतन्त्रमा मोदी र भारतको प्रवेश सहजै होला र ?

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…