डा. केसीका विरुद्धमा आमरण अनसन

भगीरथ भण्डारी
इलाम । डाक्टर गोविन्द केसीले १६ औं सत्याग्रह इलामबाट शुरु गरेको तीन दिनपछि केसीको सत्याग्रह विरुद्ध विजय थापाले आमरण अनसन शुरु गर्नुभएको छ । समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले शुक्रबारबाट आफ्नो दोस्रो अनशन शुरु गरेका गर्नुभएको हो ।

यसअघि उहाँ बैशाखमा सरकारले गाँसबास कपाससहित निशुल्क स्वास्थ्यशिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बस्नुभएको थियो । दोस्रो अनसन उहाँले डाक्टर केसीले राखेको मागको ठिक विपरित इलाम चौक बजारको लाकुरी चौतारीमा थाल्नुभएको छ । गएको पुष २५ गते शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताउनुभयो । नौं बुँदे माग राखेर समितिले विज्ञप्ति समेत जारी गरेको छ ।

यता, अनसनरत डा केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ । रक्तचाप कमि, पसिना आउने समस्या देखिएपछि इलाम अस्पतालका स्वास्थ्यकर्मीले उहाँको स्वास्थ्य परीक्षण गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…