Nic

आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्नः जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ ।

सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश जबरालाई बधाई तथा शुभकामना दिन शुक्रबार आयाजना गरेको कार्यक्रममा उहाँले संसदीय सुनुवाइका क्रममा आफूले न्यायालयको छविलाई माथि उठाउने ढङ्गले कुरा गरेको स्मरण गर्नुभयो ।

प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘न्यायको दीप सर्वोच्च अदालतबाटै प्रमाणित गरेर देखाउनु छ, संविधानले दिएको जिम्मेवारी, दायित्व र कर्तव्यबाट म कुनै पनि हालतमा विचलित हुन्न ।’ बार एशोसिएशनले न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषद् सदस्यबाट हटाएकोलगायतका विषयलाई लिएर आफूले सर्वोच्चका सम्पूर्ण न्यायाधीशसँग छलफल गरी उपयुक्त निर्णय लिने स्पष्ट पार्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले चार वर्षको कार्यकालमा जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै सरकारकातर्फबाट कुनै हस्तक्षेप गर्ने मनसाय नराखी सहयोग गर्ने बताउनुयभो । महान्यायाधिवक्ता अग्नि खरेलले न्यायालयका लागि सरकारी वकिल र नेपाल बार काउन्सिलका तर्फबाट सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायालयको सही कार्यमा सदा साथ दिने उल्लेख गर्दै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।