Nic

तलबको निश्चित रकम आमाबाबुको खातामा

काठमाडौं । छोराछोरीले मासिक रुपमा गर्ने कमाइको निश्चित प्रतिशत अब आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरेअनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाइको निश्चित प्रतिशत रकम बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । ऐनको प्रारम्भिक मस्यौदामा १० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ तर प्रस्तावित विधेयकमा नियमावली वा निर्देशिकाबाट रकम तोक्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधेयकअनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संघसंगठन तथा कम्पनीबाट पारिश्रमिक लिइरहेका व्यक्ति, स्वरोजगार, व्यापार वा अन्य आयबाट तोकिएभन्दा बढी आम्दानी गर्ने व्यक्तिका साथै निवृत्तिभरण पाइरहेका व्यक्तिले पनि आमाबाबुको नाममा रकम जम्मा गर्नुपर्नेछ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…