वाइडबडी भ्रष्टाचारमा जोडिए देउवा

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका बेला वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिशको निर्णय भएको पाइएको छ ।

रकम भुक्तानीका लागि मिति २०७४ जेठ २४ गते सिफारिश गरिएको थियो । पर्यटन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा सो समयमा जितेन्द्रनारायण देव पर्यटनमन्त्री भएको भनिएको छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएअनुसार २०७४ वैशाख २५ गते पर्यटनमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका जितेन्द्रनारायण देवको अवधि जेठ २३ गते नै सकिएको थियो । त्यसपछि जेठ २४ गते देउवाको नेतृत्वमा सरकार गठन भएको थियो ।

देउवाले तत्कालका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएका बेला मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता रकम भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखेका थिए । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…