नेविसंघको महाधिवेशन अन्यौलमा, माघ १० मा ठोस निर्णय !

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पुनः अन्यौलमा परेको छ । १८ जिल्लामा मात्रै अधिवेशन सकिएकाले श निबार देखि गर्ने भनिएको महाधिवेशन प्रभावित बनेको हो ।

नेविसंघको महाधिवेशन नहुने भएपछि हिजो सात पदाधिकारीले पार्टी सभापतिलाई भेटेर राजीनामा दिएका छन् । घोषित मितिमा महाधिवेशन गर्न नेविसंघ नेतृत्व असफल भएको उनीहरूको आरोप छ ।

भदौ पहिलो हप्ता नै वर्तमान कार्यसमितिको म्याद सकिएपनि पार्टीले तीन महिना थपेर महाधिवेशन गराउन निर्देशन दिएको थियो । तर पार्टीकै केन्द्रीय समितिले नेविसंघको विधान पारित नगरेपछि कात्तिक १६ देखि घोषित महाधिवेशन प्रभावित भएको हो । नेविसंघले पुस २८ देखि ३० सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

मंसिर अन्तिम हप्ता देखि केन्द्रीय प्रतिनिधि जिल्लाजिल्लामा खटिए पनि तल्लो तहमा व्याप्त विवादका कारण १६ जिल्लामा मात्रै अधिवेशन हुन सकेको नेविसंघले जनाएको छ । सभापति देउवाले भने माघ १० मा बस्ने पार्टीको केन्द्रीय समितिले ठोस निर्णय गर्ने जानकारी दिनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…