कार्यदलको समय लम्बियो, के हुन्छ एकीकरण ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले गठन गरेको एकता कार्यदलले अन्तिम प्रतिवेदन बुझाउने समयसीमा बढाएको छ । पुस अन्तिमसम्म एकता र जिम्मेवारीको खाका तयार गर्नेगरी गृहकार्य थालेको कार्यदलले केही बिषयमा सहमति जुटाउन बाँकी रहेकाले माघ पहिलो साता प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

नेकपाका अध्यक्षद्वय केर्पी ओली र पुष्पकमल दाहालले कार्यदललाई अन्तिम म्यान्डेडसहितको प्रतिवेदन पेश गर्न सुझाव दिनुभएको छ । नौ सदस्यीय कार्यदलमा चारजना मन्त्री रहेकोले कार्यव्यस्तताको कारण देखाउँदै नियमित बैठक बस्न सकिरहेको छैन ।

कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल हुनुहुन्छ । सदस्यमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…