Nic

‘कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ’

चितवन । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

भरतपुरमा जारी नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पाँचौँ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उहाँले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताउनुभयो । ‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन।’ नयाँ राज्य व्यवस्थामा कानून र संरचना नबन्दा समस्या भएको भन्दै उहाँले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताउनुभयो ।

फागुनभित्रै कानून निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको भन्दै उहाँले सरकार पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउने जिकिर गर्नुभयो ।

बैठकले संघीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ । देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी भरतपुरमा भेला भएको संगठनका जिल्लाअध्यक्ष फणिन्द्रप्रसाद खनालले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…