Nic

हेलीकोप्टरबाट सुत्केरीको उद्धार

काठमाडौं । दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माउनुभयो । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो ।

शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरको सहायतामा सुत्केरी भुजेल र बच्चालाई तत्काल काठमाडौं महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याएर उपचार गराउपछि अहिले आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य छ ।

बिन्दाको आर्थिक अवस्था अत्यन्त कमजोर छ । ‘जन्मिनु पर्ने समयभन्दा अगाडि नै बच्चा जन्मिएपछि सास फेर्नसमेत नसक्ने भयो र त्यसको उपचार सदरमुकाम चरीकोटमा कठिन भएकाले मन्त्रालयले हेलिकोप्टरबाट काठमाडौं ल्याउन सहयोग ग¥यो र बच्चालाई बचाउन सकियो । तत्कालै काठमाडौं ल्याउन नसकेको भए बच्चालाई बचाउन सकिँदैनथ्यो होला’, भुजेलले भन्नुभयो ।

त्यसैगरी हुम्ला जिल्लाको चङ्खेती गाउँपालिका–३ पिमलाङ निवासी २१ वर्षीया नीरा शाही सुत्केरी हँुदा अत्यधिक रक्तश्राव भएपछि उक्त मन्त्रालयले हेलिकोप्टरमार्फत हुम्लाबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याउने काम ग¥यो । मन्त्रालयले भुजेलको र शाहीको मात्र होइन, सुत्केरी हुने अवस्थामा स्वास्थ्यमा समस्या भई जोखिममा रहेका अन्य महिलालाई समेत हवाई उद्धार गर्दै आएको छ ।

मन्त्रालयले यही कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारकार्यमा तीव्रता दिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन गरिने धेरै कार्यक्रममध्ये मन्त्रालयले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमका लागि यो आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…