Nic

वडाध्यक्ष गुरुङमाथि पक्राउ पुर्जी

विनु तिम्सिना
मोरङ । स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ का अध्यक्ष पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । कानेपोखरी–५ र बेलबारी ८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट स्थानीय चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पूर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले ५ दिन अघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।

गुरुङले कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्याक्टर र ट्रिपरबाट पैसा असुल गर्न पत्रै दिएका थिए । गुरुङले प्रति ट्रिपर चन्दा स्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् । यसअघि पनि पदको दुरुपयोग गरी अवैध ढंगले नदीजन्य वस्तुको निकासी गर्ने गरेको स्थानीयको आरोप छ । चन्दा असुलीको आरोपमा दुई जना पक्राउ परेको विषयमा स्थानीयले विरोध गर्दै खोलाबाट खोलाजन्य पदार्थ निकासीमा रोक लगाएका छन् । गत २०७४ असोज २३ गते गुरुङकै अध्यक्षतामा बसेको स्थानीय उपभोक्ता समितिको बैठकले विभिन्न ७ वटा सहमति गरेको थियो ।

सहमति अनुसार खोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिक बहादुर राईको घरबाखोलाको दुरु ३० मिटर मात्र खन्ने, जहदा डिक बहादुर राईको घरबाट काम सुरु गर्ने, नाका पिच्छे लोकल÷स्थानीयलाई ५० रुपैयाँ स्थानीय भन्दा बाहिरको लाई १०० रुपैयाँ लिने, समय घाम झुल्केदेखि घाम अस्ताउन्जेल खन्ने, खोलामा संकेत गरेको चिन्ह भन्दा बाहिर खनेमा ५ हजार रुपैयाँ जरिमाना लिने र खोलाको ढुंगा बाहिर विक्री गर्न नपाइने उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…