३ दशक पश्चात् मनराजा नकर्मीको एकल साँझ हुँदै

काठमाडौं । ३ दशक लामो सांगितिक यात्रा पश्चात् संगीतकार मनराजा नकर्मीको एकल साँझ हुने भएको छ । सांगितिक क्षेत्रमा समर्पित श्रष्टाहरुको सहयोगार्थ उक्त एकल साँझको शुक्रबार औपचारिक रुपमा घोषणा गरिएको हो । संगीत क्षेत्रमा करिब ३ दशक लामो समयको योगदान पश्चात् पहिलो पटक एकल साँझ हुन लागेकोमा संगीतकार नकर्मीले पत्रकार सम्मेलनमा भावुक बन्दै खुशी व्यक्त गरेका थिए ।


यही माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने एकल साँझमा नकर्मीद्वारा संगीतबद्ध दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा. रामविक्रम सिँजापति, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घ्सिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका रचनाहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भूराज शाक्य, निशा देसार, टीका प्रसाइँ, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरीता शाही, मेनुका पौडेल र प्रकाश तिमल्सिनाले प्रस्तुत गर्नेछन् । साथमा संगीतकार नकर्मीका चर्चित गीतहरुमा कलाकारहरुले नृत्य समेत प्रस्तुत गर्नेछन् । संगीतकार नकर्मीकी सुपुत्री नायिका आशिष्मा नकर्मीले समेत कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछिन् ।
पत्रकार सम्मेलनमा सहभागी भएका गायक एवं हास्य अभिनेता मदन कृष्ण श्रेष्ठले नकर्मीको एकल साँझमा जसोतसो आफूले पनि गाउने बताउँदै पछिल्लो समय संगीतकर्मीहरुलाई गीतको भिडियो बनाउनुपर्ने बाध्यता भएको औंलाए ।


यता चलचित्र निर्देशक एवं संचारकर्मी प्रकाश सायमीले नकर्मीको लामो समयको योगदानपछि मात्र एकल साँझ हुन लागेको दुःख व्यक्त गर्दै कलाकार तथा संगीतकर्मीहरुलाई सम्बन्धित निकायले बेलैमा सम्मान गर्न नसकेको गुनासो पोखे ।


रेडियो नेपालमा मुख्य संगीत संयोजक पदमा सेवारत नकर्मीका हालसम्म १३ आधुनिक, ९ नेपाल भाषा, २ भजन तथा २ धूनका एकल एल्बमहरु सार्वजनिक भैसकेका छन् भने हजारौं गीतमा उनले तबला बजाएका छन् । उनले ८ वटा चलचित्रमा संगीत सिर्जना समेत गरिसकेका छन् । तबलावादनका ‘गोल्ड मेडलिस्ट’ नकर्मी संगीत महर्षी नातिकाजी सम्मान २०७५ लगायतका पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…