Nic

जनतालाई आशा जगाउने सन्देश प्रवाह होस्

चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्यौलता सिर्जना गरेको बताउनुभयो ।

‘सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी छ’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘गुण र दोषका आधारमा जनताले निर्णय गर्न सकून् भन्ने कुरा सञ्चार माध्यमले प्रस्तुत गर्नुपर्छ ।’ सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।

‘राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्’ उहाँले भन्नुभयो, ‘चर्चा गर्न लायक विषय पनि हुन्छन्, त्यसलाई प्राथमिकता दिनुपर्छ ।’ सञ्चार जगत्ले पु¥याएको योगदानका कारण देशमा लोकतन्त्र संरक्षण भएको उहाँको भनाइ छ । सरकारको गुण र दोषका आधारमा दृष्टिकोण बनाउन उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । राजनीतिक दल, दलका नेता, राज्य संयन्त्र सबै जिम्मेवार बन्नुपर्छ पोखरेलले भन्नुभयो, ‘अझ राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् बढी जिम्मेवार हुनुपर्छ ।’

एफएम रेडियो प्रभावकारी सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै उहाँले नयाँ सोच र अठोटका साथ काम गर्न आग्रह गर्नुभयो । देशमा एउटा सरकार बदलिएर अर्को सरकार बनेको नभई देश नयाँ प्रणालीमा गएको बताउनुभयो । ‘देशमा ७५३ सरकारका छन्, संविधानले सबैलाई परिभाषित गरेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई संस्थागत गर्नु आवश्यक छ ।’
देशमा परिवर्तन ल्याउनका लागि हाम्रो व्यवहार, आचरण र चिन्तनमा समेत परिवर्तन हुनुपर्नेमा उपप्रधामन्त्री पोखरेलले जोड दिनुभयो । संसारमा कहीँ नभएको दुई तिहाइको स्थानीय, प्रदेश र सङ्घीय सरकार नेपालमा भएकाले कतिपयलाई अस्वभाविक लागेको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दाबा दोर्जे लामाले सूचना सञ्चारका माध्यमबाटै देशमा धेरै राम्रा काम भएको बताउनुभयो । प्रदेश सरकार उत्पादनमुखी अभियानमा लागेको भन्दै युवालाई स्वदेशमै बसेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…