चुनौति थपिएको अनलाइन पत्रकारिता

आमनागरिकलाई सबैभन्दा चाँडो सूचना र विचार पुर्याउने अनलाइन पत्रकारिताले केही वर्षदेखि नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित हो । न्यू मिडियोको रुपमा आएको अनलाइन पत्रकारिता नयाँ माध्यम भएकाले यसका लागि चाहिने थप सीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा समेत यसले केही रुपान्तरण गरेको छ ।

न्यू मिडिया प्रभावका हिसावले शक्तिशाली बन्दै गएपछि कतिपया ठुला भनिएका मिडियाहरु हराउने र केही नयाँ मिडियाको उदय हुनु वा पुराना मिडियाको भूमिका र अवस्था परिवर्तन हुने कुरा नौलो भएन । प्रविधिको विकाससँगै विकसित पत्रकारिताको यो कान्छो रुपले अहिले विश्वभर पत्रकारिताको संस्थापनलाई जीवित रहन पनि अनलाइन संस्करणमा जानै पर्ने बाध्यता बनेको छ ।

अनलाइन पत्रकारितामा संख्यात्मक विकास ठूलो भएको छ । पत्रकारपिच्छे न्यूज पोर्टल हुनेगरी संख्या वृद्धि भइरहेको छ । तर, सबै न्यूज पोर्टलको तथ्यांक सम्बन्धित निकायमा छैन । सामाजिक सञ्जालमा शेयर हुने समाचारबाट कतिपय न्यूज पोर्टलबारे जानकारी हुन्छ । आफू केन्द्रीत समाचार प्रकाशन गरेर सामाजिक सञ्जालमा शेयर हुने गर्छन् । लाइकका लागि फेसबुकको मेसेन्जरमा अनुरोध आउने गर्छन् । त्यही न्यूज पोर्टलको समाचारहरु स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित हुन्छन् । तर साभार उदृत गरिदैनन् । प्रिन्टलाइन मिडिया र इलेक्ट्रोनिक मिडियाहरुको अधिकांश न्यूजको आधार त्यही अनलाइन न्यूज पोर्टल बन्छन् र बन्नेगरेका छन् ।

अहिलेको युग सूचना प्रविधिको युग हो । मान्छेको हातहातमा स्क्रीनटच मोबाइल छन् । मोबाइलमै अनलाइन न्यूज पोर्टलका समाचारहरु उपलब्ध छन् । रेडियो एफ.एम. त्यही मोबाइल सेटमा प्रशारण हुन्छन् । छिनछिनमा पाठकले त्यही प्रविधि प्रयोग गरेर आफूलाई अपडेट बनाइरहेको हुन्छ । न्यू मिडियाको प्रयोग बढेसँगै पत्रकारलाई पनि थप जिम्मेवार र संवेदनशील हुन आवश्यक छ । प्रिन्ट मिडियाको समाचारभन्दा बढी पहुँच अनलाइन मिडियामा पाठकको छ । अहिले नेपालमा इन्टरनेटमा प्रत्यक्ष पहुँच हुने नागरिकको संख्या दिनहुँ बढ्दै छ । त्यसैले पनि सही र तथ्यपरक सूचना तथा समाचार पस्किन पत्रकारको ठूलो जिम्मेवारी बनेको छ । ख्यालख्यालमा गरिने पत्रकारिताले समाजलाई ठूलो समस्यामा पार्नसक्छ । न्यू मिडियामार्फत् गरिने पत्रकारिता अहिले परिपक्व भइसकेको छैन । सामाजिक सञ्जाललाई पनि अहिले न्यू मिडियाको कोटीमा राख्ने गरिएको छ । सामाजिक सञ्जालमा जोकोहीले सूचना पोष्ट गरिदिनसक्छ । त्यो सूचना तथ्यपरक होस् कि नहोस् । कसैले आफ्नो लाइक बढाउनका लागि तथ्यहिन सूचना प्रेषित गरिदिने गर्छ । कसैले सेलेव्रेटिका लागि पोष्ट गर्छ । सञ्जालमा आउने सबै सूचनाहरु आधिकारीक हुँदैनन् । त्यसलाई पाठकले त्यही रुपमा बुझ्नुपर्छ । सूचनालाई भेरिफाइ गर्नुपर्छ । सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने सबै पत्रकार होइनन् । यो हेक्का पाठकले गर्नुपर्ने आवश्यकता छ ।

अनलाइन मिडियाको संख्यात्मक वृद्धि अनि सूचना प्रवाह र सेयर गर्न सकिने सोसल मिडियामा सबै खालका नागरिकको बढ्दो पँहुचका कारण इन्टरनेटका कतिपय गलत सूचना र हल्लाले स्थान पाइरहेका छन् । त्यसैगरी आम नागरिकमा सूचना साक्षरताको कमी रहेको अवस्थामा अनलाइनमा देखिएका सबैखाले भ्रामक सूचनाका लागि तारो चााही अनलाइन मिडिया बन्न पुगेको छ । अनलाइनले लोकप्रियताकै लागि सनसनिपूर्ण हेडलाईन र फोटोहरु प्रयोग गरेर पत्रकारिताकै विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको छ । पत्रकार आचारसंहितामा बिभत्स दृष्य देखाउन नपाइने व्यवस्थता गरिएको छ । तर अनलाइनहरुले समाचार बकिाउनकै लागि आचारसंहिताको अक्षरस पालना गरेका छैनन् । यसको अनुगमनको जिम्मेवारी पाएको निकायले प्रभावाकारी भूमिका निर्वाह नगर्दा अनलाइन पत्रकारितामा विकृति भित्रिएको छ ।

नेपालमा पनि स्थापित छापा र विद्युतीय पत्रकारिताका चुनौतीका रूपमा अनलाइन पत्रकारिताको उदय भएको छ र विश्वका अन्य देशहरूमा जस्तै ढिलोचाँडो अनलाइन पत्रकारिता मूलधारको आमसञ्चारमाध्यम बनेर सबैभन्दा अगाडि आउने कुरामा कसैको बिमति नहोला । हालैको समयमा नेपालमा जुनस्तरमा स्थापित पत्रकारहरूले अनलाइन पत्रकारितामा रुचि देखाउने र जसरी यो क्षेत्रमा अवसर देखेर लगानी आएको छ त्यसले नेपाली पत्रकारिता क्षेत्रमा सकारात्मत परिवर्तनहरू ल्याएको देखिन्छ । बढ्दो प्रतिस्पर्धाका कारण फरक स्वाद र विषयवस्तुका समाचार र विचारहरूसँग नागरिकको पहुँच बन्ने, स्थापित मिडियाले गरिआएको अजेण्डा निर्माणको भूमिकालाई चुनौती दिने मात्रै होइन, श्रमजीवी पत्रकारहरूका लागि पारिश्रमिकलगायतका सुविधाहरूमा समेत सकारात्मक परिवर्तन अनलाइन पत्रकारिताले ल्याएको छ । यसले बहुलवादी समाज र लोकतन्त्रलाई बलियो बनाउनसमेत मद्दत गर्छ ।

यद्यपि नेपालमा अनलाइन पत्रकारिता पछिल्लो समयमा बदनाम बनेको छ । विशुद्ध पत्रकारिता नभई पत्रकारिताका मूल्य–मान्यता विपरितका निश्चित केही स्वार्थ बोकेका केही अनलाइनहरु, नेपाली आमनागरिकमा रहेको मिडिया एवं सूचना सारक्षताको कमी र अनलाइन सञ्चारमाध्यमका सबै पक्षका बारेमा स्पष्ट हुन नसकेका नीति निर्माताहरुका कारण अनलाइन पत्रकारिताका सकारात्मक पक्ष ओझेलमा परेर नकारात्मकताको पक्षपोषण भएको छ । पत्रकारिताको नाममा दलगत वा दल विशेषका गुटगत पक्ष वा निश्चित व्यक्ति वा संस्थाको पोषण गर्न खोलिएका वा इन्टरनेटबाट आम्दानी गर्ने अवसरलाई उपयोग गर्न चोरेका समाचार र बिक्ने शीर्षकका भरमा चलाइएका अनलाइनहरुमा पत्रकारिताका सामान्य मूल्य मान्यतासमेत पालना नगरेको सामग्रीहरू देखिन्छ । सूचना साक्षरता कम भएका हामी धेरै नेपालीहरुमा समाचारलाई आलोचनात्मक रुपमा विश्लेषण गर्ने क्षमता कम छ जसले अरुका गलत कार्यका कारण पत्रकारिता बदनाम भइरहेको छ ।

(अशोक, जनता टेलिभिजनका समाचार सम्पादक हुन्)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…