Nic

बाइक पारखीलाई खुसीको खबर, आयो यस्तो बाइक

काठमाडौं । नेपाली बजारमा पेरुको मोटरसाइकल कम्पनी कायोको डर्ट तथा मोटार्ड बाइक भित्रिएको छ । सो बाइकको मूल्य ७ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

विशेष गरी अफरोड राइडिङका लागि उपयुक्त सो बाइक एड्भेन्चर मन पराउनेहरुका लागि उपयुक्त छ । २५० सीसीको सो बाइकमा ईएफआई फोर भल्व बिग बोर वाटर कुल्ड इन्जिन छ । कायोकै फ्रेम रहेको सो बाइकमा ६–स्पिड गियरबक्स उपलब्ध छ । त्यसैगरी अपसाइड डाउन फ्याक्ट्री फोर्क्स छ ।

दुवै पांग्रामा ओभरसाइज्ड डिस्क ब्रेक रहेको सो बाइकको सिट हाइट ९५५ एमएम छ । बाइकमा ५२० एचडी चेन, एचडी स्विङग्राम, बल बेरिङ स्विङग्राम, सफ्ट रबर ग्रिप आदि फिचर उपलब्ध छ ।

नेपाली बजारमा बीएसई इन्टरनेसनलले सो बाइक भित्र्याएको हो । गत शनिबार त्रिशुली रिभरसाइड रिसोर्टमा आयोजित बाइकर्स नाइट आउटमा सो बाइक लन्च गरिएको थियो । यसको पुरानो मोडल भने पहिले देखि नै नेपाली बजारमा उपलब्ध थियो । -नेपाल अटाे

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।