‘लोकतन्त्रको प्रमुख कसी प्रेस स्वतन्त्रता’

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले लोकतन्त्रको प्रमुख कसी प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता समाचार डट कमको दोस्रो वार्षिकोत्सव समारोह उदघाटन गर्दै मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रताको सवालमा नेपालको संविधान विश्वकै अग्रणी र उदाहरणीय भएको बताउनुभयो । नेपालमा निर्वाध प्रेस स्वतन्त्रता भएको भन्दै उहाँले मिडिया हाउस विश्वसनीय बन्दै जानुपर्ने तर राज्यप्रति सशंकित र त्रसित हुनु नपर्ने बताउनुभयो ।

पछिल्लो समय केही सञ्चार माध्यमहरुले सरकारका गतिविधिहरुप्रति नकारात्मक टिकाटिप्पणी गरेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘मिडियाहरु सत्ताका आलोचक हुन् तर रचनात्मक आलोचना हुन सक्यो भने सरकारलाई सही दिशा दिन सक्दछन् । तर तथ्यहीन विश्लेषणले वास्तविकताको सार्वजनिक गर्न सक्दैन र सर्वत्र निराशा मात्र जगाउने गर्दछन् ।’

उहाँले भन्नुभयो, ‘व्यापारिक स्वार्थका लागि मिडियाहरु आपसमा लडिरहँदा समाज भाँड्ने प्रवृत्ति बन्न सक्दछ । मिडियाले समाज बनाउने हो, भाँड्ने होइन । त्यसैले, मिडियाहरु रचनात्मक र जिम्मेवार बन्न आवश्यक छ ।’

फरक प्रसंगमा मन्त्री ज्ञवालीले बर्तमान सरकारले गुमेको दुई दशकभन्दा बढी समय भएका क्षतिलाई शून्यबाट शुरु गरेको बताउनुभयो । सरकारले छोटो समयमै संविधान कार्यान्वयनका लागि आवश्यक कानूनको निर्माण गर्नु, छिमेकी तथा अन्य विदेशी शक्तिसँगको सम्बन्ध मजबुत बनाउनु, विदेशमा रहेका नेपालीहरुको श्रम सुरक्षामा ध्यान दिनु, नेपालमा हुने गरेका आपराधिक गतिविधिको जालो तोड्न सरकार सक्षम हुनुले सरकारको सफलतालाई इंगित गर्ने बताउनुभयो ।

केक काटेर शुभारम्भ गरिएको कार्यक्रममा जनता प्रकासन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय पौडेल, प्रमुख कार्यकारी निर्देशक. डा रमेश पौडेल, महाप्रबन्धक लक्ष्मण हुमागाई, कार्यकारी निर्देशक नारायणप्रसाद सुवेदी, कम्पनी सचिव विष्णु भट्टराईलगायतको सहभागिता रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…