Nic

‘सञ्चारमाध्यम नियमन गर्ने प्राधिकरण आवश्यक’

काठमाडौं ।जनता प्रसारण तथा प्रकाशन लिमिटेडका महाप्रबन्धक लक्ष्मण हुमागाँईले देशमा खुलेका सञ्चार माध्यमहरुको नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनुभएको छ ।

जनता समाचार डटकमको तेश्रो वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशमा खुलेका थुप्रै सञ्चार माध्यम व्यक्तिगत आफूअनुकूल बनाई आफ्नो प्रयोजनमा प्रयोग गरिएको बताउनुभयो ।

पत्रपत्रिकाको हकमा दर्ता खारेजी संविधानले नै व्यवस्था गरेको भएपनि पत्रकारको सुरक्षाको व्यवस्था नभएको बताउनुभयो । सञ्चार माध्यमको नियमन गर्ने निकाय नहुँदा देशमा अनेकौं समस्या सञ्चारमाध्यमले झेल्नुपरेको उहाँले भनाइ राख्नुभयो।

उहाँले भन्नुभयो, ’हामीजस्ता संचार माध्यमहरुले तत्थ, निस्पक्ष, र स्वत्रन्त्र समाचार सम्प्रेषण गरी जनमत निर्माण गरेकाले त्यस्ता संचार माध्यमलाई संरक्षण गर्ने र उद्योगको सम्बन्धन दिन राज्यले ध्यान दिनुपर्छ ।’

जनताकै लागनीबाट संचालित यो संस्था आत्मनिर्भर उन्मूख भएकाले थप जनतामाझ अझै विश्वसनीय भएर अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…