Nic

‘सहकारीले कम्पनी र कम्पनीले सहकारीमा लगानी गर्न पाउनुपर्छ’

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलले देश बनाउने अभियानमा सहभागी हुन जनता नेटवर्कको स्थापना भएको बताउनुभएको छ । जनता समामचार डट कमको दोस्रो वार्षिकोत्सवमा अध्यक्ष पौडेलले सत्य निष्पक्ष र अग्रगामी सूचना संप्रेषणमा संस्था प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

‘शैक्षिक क्षेत्रमा वरिष्ठ डा. बाटै आक्रमण गरिनु दुखद विषय हो’ उहाँले भन्नुभयो, ‘ सरकारी अस्पताल खोल्नलाई निजी क्षेत्र बन्द गर्नु जरुरी नै छैन । सराकारी क्षेत्रका सेवा सुविधालाई चुस्त–दुरुस्त बनाउन सक्यो भने निजी क्षेत्रको अस्तित्व आफै समाप्त हुदै जानेछ ।’

अध्यक्ष पौडेलले मुलुकको अर्थ नीति व्यवधानपूर्ण रहेको बताउनु भयो । हाम्रो अर्थ व्यवस्थामा अझै केही व्यावधान र चुनौति छन्’ उहाँले भन्नुभयो, ‘सहकारीले कम्पनी र कम्पनीले सहकारीमा लगानी गर्न नपाउने अवस्था छ । यस्तो अवस्था रहेसम्म आर्थिक क्रान्ति हुँदैन ।’

उहाँले विश्वकै अर्थतन्त्रमा वर्चस्व जमाएको मुलुक चीनले समेत पूजीवादी व्यवस्थालाई स्वीकार्दै समाजवादतर्फ अगाडि बढिरहेको उल्लेख गर्नुभयोे । ‘चीनले समाजवादको लक्ष्य साकार पार्न अवको ५० वर्ष पुजिवादी अर्थतन्त्रलाई स्वीकार्नु पर्छ भनेको छ’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई धरासयी बनाएर मात्रै सार्वजनिक क्षेत्रको भविष्य उज्वल हुन्छ भन्ने विचार अपरिपक्व हो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…