Nic

दैलेखी सेवा समाजद्वारा फुटवल खेलाडी चन्द सम्मानित

काठमाडौं । दैलेखी सेवा समाज काठमाडौंले फुटवल खेलाडी रोहित चन्दलाई सम्मान गरेको छ ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा चन्द समानित भएका हुन् । खेलाडी चन्दलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सम्मान पत्रसहित दोसल्लाले सम्मान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै खेलाडी चन्दले सम्मानले आफुलाई थप हौसला प्रदान गरेको बताउनु भयो ।

 

समाजले दैलेख जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएका उच्च पदस्थ व्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो । सम्मानित हुनेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मी, आयोगकै सदस्य योगेन्द्रबहादुर शाही, राससका अध्यक्ष हरीहर अधिकारी ‘श्यामल’, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. धनेश्वर नेपाल सम्मानित हुनुभएको छ ।

त्यस्तै ज्योती विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता झलनाथ खनालले बधाई ज्ञापनपत्र, खादा, अबिर र मालासहित सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै बरिष्ठ नेता खनालले दैलेखमा जन्मेर राज्यका विभिन्न क्षेत्रमा पुग्नुभएका सम्पूर्णलाई सम्मान गर्दै आगामी दिनको यात्राका लागि शुभकामना दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…