एकत्रित पूँजीद्वारा उत्पादनः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा छरिएका पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गरिने बताउनुभएको छ ।

मण्डनदेउपुर नगरपालिका–१२ सान्डीबेंसीस्थित ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले राजकीय, निजी र जनताको सामूहिक पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गर्नेमा जोड दिनुभयो ।

उहाँले जिल्ला तहका सहकारी संरचनालाई स्थानीय तहमा पठाइन लागेकाले उब्जिएका केही सङ्क्रमणकालीन समस्यालाई विस्तारै हल गर्दै जाने बताउनुभयो । मन्त्री बाँस्कोटाले सहकारी क्षेत्र सरकारको तीनखम्बे अर्थनीतिमध्ये एउटा खम्बा भएकाले सबै क्षेत्रका पूँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय पूँजीको तीन वटा आधार मानेर समृद्ध नेपाल अभियानमा सहकारी क्षेत्र उच्च प्राथिमिकतामै पर्दछ ।’ उहाँले कृषि तथा उद्यमशीलतामा आधारित सहकारीले समाजमा राम्रो योगदान गरेको चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण तिमल्सिनाले ७४७ शेयर सदस्य रहेको सहकारीमा दुई करोड ११ लाख ९२ हजार ५ सय ९८ रुपैयाँ बचत भएको र दुई करोड ४७ लाख ३८ हजार ८ सय १० रुपैयाँ लगानी गरिएको जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…