Nic

‘सङ्घीयता कार्यान्वयन राज्यको मुख्य जिम्मेवारी’

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने बताउनुभयो । उहाँले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

नेता गच्छदारले डा गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई वाइड बडी विमान विवादमा जोड्नु गलत भएको उल्लेख गर्दै उहाँले लेखा समितिले विमान खरीद अनियमितासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…