Nic

पार्टी फुटाउने चलखेल भयोः मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्ने बताउनुभएको छ । शनिबार ललितपुरको बखुनडोलस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विचलित नभई मुल्य मान्यतासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

पार्टी फुटपछि आफुहरुको यात्रामा केही समस्या आएपनि यात्रा अवरुद्ध नहुने उहाँले दाबी गर्नुभयो । राष्ट्रिय मुद्धामा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै पार्टीको संगठन विस्तारमा लाग्ने उहाँले बताउनुभयो । उहाँले पार्टी भित्रनै केही समय अघि देखि पार्टी फुटाउने चलखेल भइरहेको पनि दाबी गर्नुभयो । पार्टी फुट गराउने मनसायले चलाईएको भ्रमलाई नै पार्टी भित्रका केही सदस्यले सत्य हो भन्ने बुझेपछि समस्या भएको उहाँको तर्क थियो । बुझाईमा एकरुपता नभएपनि तत्काल पार्टी फुटको चरणमा पुग्छ भन्ने आफुलाई नलागेको पनि उहाँले उल्लेख गर्नुभयो ।

विवेकशीलबाट आएका उज्जल थापा लगायत समुह पार्टी विधि र प्रक्रियाबाट अघि नबढेको भन्दै अलग भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…