Nic

तपाईंको यो साता

यो राशिफल पुस २९ गतेदेखि माघ ५ गतेसम्मको हो ।

मेषः अधूरो काम बन्नेछ । आफन्त भेटघाट हुनेछ । आकस्मिक धन लाभ हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । वैवाहिक प्रसंग चल्नेछ । दाजुभाइबाट फाइदा तथा सानो यात्राको योग छ । नयाँ सरसामान प्राप्ति हुनेछ ।

वृषः साताको शुरुमा खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा मानसम्मान मिल्नेछ । पारिवारिक सहयोगले आर्थिक अवस्था सुध्रिनेछ । नयाँ ठाउँ भ्रमण तथा साताको अन्त्यमा इष्टमित्र भेटघाट, सभा सम्मेलनमा सहभागी तथा व्यापारमा फाइदा मिल्नेछ ।

मिथुनः आम्दानी राम्रो हुनेछ । व्यापारबाट फाइदा मिल्नेछ । सहयोग गर्नेहरु अगाडि बढ्नेछन् । साताको मध्यमा भने पैसाको तनाव, यात्रामा सास्ती तथा मनमुटाव बढ्नेछ । अन्त्यमा काममा सफलता, नयाँ ठाउँको भ्रमण र दाम्पत्य साथीबाट सहयोग मिल्नेछ ।

कर्कटः राजनीतिबाट फाइदा मिल्नेछ । रोजगारीको अवसर आउनेछ । काममा प्रशंसा तथा धनको कारोबार बढ्नेछ । कृषिबाट फाइदा, सन्तानबाट सुख हुनेछ । साताको अन्त्यमा भने अधिक व्यय हुनेछ । सरसामान हराउने तथा स्वास्थ्य प्रतिकुल रहनेछ ।

सिंहः धार्मिक रुचि बढ्नेछ । भाग्यले साथ दिनेछ । विदेशबाट फाइदा मिल्नेछ । साताको मध्यमा सरकारी पक्षबाट फाइदा मिल्नेछ । ठूलाबडाले साथ दिनेछन् । गरेको काममा प्रगति हुनेछ भने साताको अन्त्यमा व्यापारबाट प्रशस्त फाइदा हुनेछ । अधूरा काम बन्नेछन् तथा धन सम्पत्ति प्राप्ति हुनेछ ।

कन्याः साताको शुरुमा स्वास्थ्यमा बाधा, काममा ढिलासुस्ती, आफन्तबाट धोका मिल्नेछ । मध्यमा भने विदेशबाट फाइदा, वैदेशिक यात्रा तथा भाग्यले साथ दिनेछ । अन्त्यमा भने पद प्रतिष्ठा मिल्ने, राजनीतिबाट फाइदा र साथीहरुबाट सहयोग पाइनेछ ।

तुलाः प्रेममा सुधार हुनेछ । ससुराल पक्षबाट फाइदा मिल्नेछ । साझेदारीबाट काम बन्नेछ । व्यावसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा गडबडी मानसम्मानमा घात तथा आफन्तबाट धोका मिल्नेछ । अन्त्यमा भने धार्मिक रुचि बढ्ने तथा सन्तानबाट सुखको योग छ ।

वृश्चिकः प्रतिस्पर्धा बढी हुनेछ । विरोधीसँग मुकाबिला गर्नुपर्नेछ । मुद्दा मामिलाबाट फाइदा मिल्नेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । प्रेमिप्रेमीकाबीच माया प्रेम बढ्नेछ । अन्त्यमा भने काममा धोका, स्वास्थ्यमा गडबडी तथा अपमान मिल्नेछ ।

धनुः अध्ययनमा सफलता मिल्नेछ । बुद्धिले सही निर्णय लिनेछ । आम्दानी बढ्ने, व्यापारबाट फाइदा तथा सन्ततिको प्रगति हुनेछ । आलोचित भए पनि जीत आफ्नै हुनेछ । साताको अन्त्यमा नयाँ ठाउँ भ्रमण तथा पारिवारिक जमघट हुनेछ ।

मकरः साताको शुरुमा काममा बाधा, मानसिक अशान्ति, तरल पदार्थबाट समस्या, चिसोबाट स्वास्थ्यमा बाधा हुनेछ । मध्यमा भने आकस्मिक धन लाभ, प्रशन्नता बढ्ने, खेलकुदमा रुचि बढ्नेछ । अन्त्यमा खर्च बढे पनि स्वास्थ्यमा सुधार हुनेछ । पारस्परिक कलह मित्रतामा बदलिनेछ ।

कुम्भः व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिनेछ । अरुको सहयोग कम पाइनेछ । भ्रातृ सहयोग पाइनेछ । मध्यमा भने घरायसी झमेला, छरछिमेकीसँग मुटाव तथा छातिसम्बन्धि समस्या देखिनेछ । अन्त्यमा भने छोराछोरीबाट खुशीको खबर र धनसम्पत्तिमा वृद्धिको योग रहेको छ ।

मीनः भोज भतेरमा सहभागी भइनेछ । बोलीले काम बन्नेछ । धनसम्पत्तिबाट कारोबारमा फाइदा हुनेछ । कुटुम्वबाट सहयोग पाइनेछ । साताको मध्यमा छोटो यात्राको योग छ । पराक्रम बढ्ने तथा दिदीबहिनीबाट भने सहयोग मिल्नेछ । अन्त्यमा भने काममा बाधा तथा पारिवारिक असन्तुष्टि रहनेछ । गरेको काममा जस नमिल्नाले घरबाट बाहिरको काममा व्यस्तता रहनेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।