Nic

दक्षिण एशियाको सम्भाव्यतालाई आर्थिक रुपान्तरण गर्नुपर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले प्राकृतिक स्रोतले धनी दक्षिण एशियाको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ । सीआईआई साझेदारी सम्मेलनमार्फत् उहाँले त्यहाँको सम्भावनालाई आर्थिक रणनीतिका बिषयमा उठाउनु पर्ने उल्लेख गर्नुभयो ।

दक्षिण एशियामा आर्थिक सहयोग–साझेदारी प्रवद्र्धन सम्बन्धी सत्रलाई सम्वोधन गर्नुहुँदै उहाँले जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजानु पर्नेमा जोड दिनुभयो । सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ ।

सम्मेलनलाई भारतका उपराष्ट्रपतिले एक विशेष समारोहका बीच शनिबार उड्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।