युवतीसँग सम्पर्क राख्न नक्कली डिएसपी बनेपछि…..

काठमाडौं । भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ। युवतीसँग शारीरिक सम्पर्क राख्ने उद्देश्यका लागि थापाले त्यस्तो हर्कत गर्ने गरेको प्रहरी जनाएको छ ।

प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपाति होटेलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको कर्तुत बाहिरिएको हो । थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपाति होटलबाट पक्राउ गरेको हो । १४ दिन देखि उनी बोगटीको परिचयपत्रमा होटलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे। अनुसन्धानका लागि उनीहरुलाई बोलाएको भनेपछि होटेलवालाले यस विषयमा चासो दिएको थिएन आउने जानेमध्यकै एक युवती डिएसपीको शोषणमा परेको उजुरी परेपछि प्रहरीले उनलाई पक्रन सफल भएको थियो । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…