Nic

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

नारायणपुर । लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ ।

१७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले थाहा पाउनुभएन । बेलीले भन्नुभयो, ‘अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरीरमा रोग पनि हुर्किदै गएको रैछ ।’

घोराही उपमहानगरपालिका–४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आउनुभएकी बेलीलाई धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान् गुमेपछि आफैँले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु ?त्यही लाजका कारण पाठेघरको समस्या झन विकराल हुँदै गएपछि जाँच गर्न आएको बताउनुभयो । ‘एक पटक स्वास्थ्यचौकीमा गएँ, घोराहीको ठूलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ’ बेलीले सुनाउनुभयो, ‘पाठेघर खस्ने गथ्र्यो, लाज लाग्यो, सेतोपानी मात्र बग्छ भनेर रोग लुकाएँ ।’

सिस्नेखोलाकी सुनिता रोका पाठेघरको समस्या बोकेर शिविरमा आउनुभयो । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानको आमा भइसक्नुभएको छ । ‘महीनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको ।’ सुनिताले भन्नुभयो, ‘डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भन्नुभएको छ ।’ पाठेघरको सङ्क्रमण भएपछि औषधि लिएर सुनिता घर फर्किनुभएको छ ।

विवाह गरेर सन्तानको आमा भइसकेका युवतीदेखि उमेरले वृद्धावस्थामा पुगेका महिला पाठेघरको समस्याबाट पीडित रहेको डा पुष्पा डाँगीले बताउनुभयो । २८७ बिरामीको स्वास्थ्य जाँच गरिएको शिविरमा १०३ महिलाको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक वसन्त खनालले जानकारी दिनुभयो ।

‘नेपाल परिवार नियोजन सङ्घले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरैजसो महिला पाठेघरको समस्या लिएर आउनु हुन्छ ।’ प्रबन्धक खनालले भन्नुभयो, ‘पाठेघरको समस्या नभएको त महिला नै छैन भने पनि हुन्छ गाउँमा ।’ समस्या हुनु ठुलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको खनालले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…

गणतन्त्रको पनि दिनगन्ति शुरु हुन्छ कि भन्ने हामीलाई चिन्ता लागिरहेको छ ।'

अहिले जस्तो सजिलो भ¥याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।’

मुलुकको हरेक कार्यक्रममा अतिथिहरु ढिलो पुग्छन् । त्यसबाट आयोजक र सहभागीलाई सास्ती हुने गरेको छ ।

आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गर्दै विद्यार्थिले नाराबाजी गरेका हुन् ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा टिपर दुर्घट्ना हुँदा चालकको मृत्यु भएकोे छ ।