Nic

‘पूँजीगत खर्चको व्यापक परिचालन अहिलेको आवश्यकता’

खेम बम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा. विजयकुमार पौडेलले पूँजीगत खर्चमा कमी हुँदा अर्थतन्त्रमा असर परेको बताउनु भएको छ । योजना छनोटका क्रममा विवाद हुने र समयमै योजनाको कार्यान्वयन नहुने प्रवृत्तिले पूँजीगत खर्चमा कमी आएको उहाँको भनाइ छ ।

एक कार्यक्रममा बोल्दै डा. पौडेलले अहिलेको आवश्यकता व्यापक पूँजी परिचालन गर्दै विकासे कामलाई तीव्रता दिनुपर्ने भएतापनि हुन नसकेको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहमा छनोट गरिनुपर्ने योजनाको बिषयमा स्पष्टता नहुँदा पूँजी स्थिर रहेको उहाँको दाबी छ । कर्मचारी समायोजनमा भएको ढिलाइले पनि बजेट खर्चमा कमी आएको उहाँले उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय तहमा विकासे बजेट खर्चमा आएको गिरावटलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भानाइ छ ।

एक फरक प्रसंगमा बोल्दै डा. पौडेलले नेकपाका केन्द्रीय सदस्यहरुको जिम्मेवारी छिट्टै बाँडफाँट हुने आश्वासन दिनुभयो । नौ सदस्यीय कार्यदलले एकताको खाका र पोलिटब्यूरो गठनको कामलाई तीव्रता दिएको बताउँदै उहाँले छिट्टै नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । डा. पौडेलले कांग्रेसले गठन गर्न लागेको छाँया सरकारले राम्रो काम गरे सरकारका कामलाई सही दिशामा लैजान प्रेरित गर्ने उल्लेख गर्नुभयो । स–साना एजेन्डालाई लिएर सरकारको विरोध गर्नु प्रतिपक्षको धर्म मात्रै सम्झेर यस्ता कार्यमा नलाग्न कांग्रेसलाई उहाँले सुझाव दिनुभयो ।

धर्मनिरपेक्ष मुलुकमा हिन्दु धर्मको एजेन्डालाई लिएर अगाडि बढ्नु कांग्रेस आफैलाई दुर्भाग्य हुने उहाँको धारणा छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…