Nic

निर्मलाका बुवा यज्ञराजले रगत नदिनुको आयो रहस्य !

खेम बम

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे पाँच महिना बितेको छ । हत्याराको अझै पहिचान हुन सकेको छैन ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत हत्याको प्रमाणसहित प्रतिवेदन पेश गर्न सकेन । हत्या आरोपमा विभिन्न मानिसलाई केरकार र सोधपुछ गरियो, उपलब्धि हासिल भएन । गएको बुधबारमात्रै हत्यारा पत्ता लगाउन सहजताका लागि निर्मलाकी आमा दुर्गादेवि पन्तले आफ्नो रगतको नमुना दिनुभएको छ । त्यसलाई निर्मलाको ‘भेजिलन स्वाब’सँग म्याच गराइने छ । रगत जाँचका लागि प्रहरी विधि विज्ञान प्रयोगशाला र नास्टमा पठाइएको छ ।

प्रहरी र कञ्चनपुरका मानवअधिकारकर्मीले दुर्गादेवीको मात्र नभइ बुवा यज्ञराज पन्तको समेत रगतको नमुना जाँच गर्नुपर्ने बताएका थिए । तर, यज्ञराजले आफूले रगत दिन अस्विकार गर्दै आउनु भएको छ । बुधबार दुर्गादेवीले रगत दिएपछि बिहिबार एका बिहानै घरमा गएर यज्ञराजले रगत किन दिएको भन्दै हप्काएका थिए । रहातको रकम लिने र अन्य छोरीहरुको भविष्य हेर्ने बताउँदै आउनु भएकी दुर्गादेवीलाई यज्ञराजले धम्क्याउँदै रकम नलिन बताएका छन् । जसले निर्मलाकी आमा एकातिर श्रीमानको डर त अर्को्तिर छोरीले न्याय नपाएको चिन्तामा पर्नुभएको छ ।

यज्ञराजले रगत दिन नमानेपछि सबै सशंकित बनेका छन् । कञ्चनपुरका अधिकारकर्मी तथा स्थानीयबासीले यज्ञराजले रगत दिन नमान्नुको कारण के छ भन्दै छानबिन गर्न माग गरेका छन् । केही अमुख व्यक्तिसँग मिलेर यज्ञराजले अनुसन्धानलाई अझै लम्ब्याउन खोजेको स्थानीयको आशंका छ । एक स्थानीयका अनुसार यज्ञराज पछिल्लो समय फरक स्वभाव देखाउन थाल्नुभएको छ । यता, छोरीलाई न्याय दिलाई अपराधीलाई सजायको भागेदार बनाउन लाग्नुभएकी दुर्गादेवी पनि यज्ञराजको व्यवहारदेखि सशंकित बन्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…