Logo मंसिर १४, २०७७ आइतबार


मुख्यमन्त्रीले राउतले बोलाए आकस्मिक बैठकः के हुन्छ मन्त्रीलाई ?

जनकपुरधाम । प्रदेश अर्थमन्त्री र सचिवबीचको कुटपिटको विषयलाई लिएर प्रदेश नम्बर २ का मुख्यमन्त्ती लालबाबु राउतले कर्मचारीहरुसँग छलफल गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झाबीच भएको कुटपिटको विरोधमा कर्मचारी आन्दोलनमा उत्रिएपछि मुख्यमन्त्री राउतले समस्या समाधानका लागि पहल थाल्नुभएको हो ।

घटनाबारे छानबिन गर्न गठित तीन सदस्सीय छानबिन टोलीले छानबिन शुरु गरेको छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका महासचिव वेचनकुमार महतोले २४ घण्टा भित्र दोषिलाई कार्यवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । आइतबार भएको घटनाको बिषयमा मन्त्री यादवले घटनामा आफुले कुनै किसिमको हातपात नगरेको दाबी गर्नुभएको छ । आफूले सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारिदिएको झोंकमा मन्त्री यादवले सचिव झालाई आइतबार झापड हिर्काएका थिए ।

तर, मन्त्री यादवले भने आफ्नो कार्यकक्षमा सचिवले सभामुखकै अगाडि अभद्रता देखाउँदा ‘भनाभन’ मात्र भएको दाबी गर्नुभएको छ । सचिव झा आइतबार रातीदेखि जनकपुरस्थित मेडिकेयर अस्पतालमा भर्ना हुनुभएको छ । झाको हत्केलामा चोट लागेकाले ब्याण्डेज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।