धम्की दिनेको नाम बोकेर बम दिदीबहिनी काठमाडौंमा !

‘मलिन अनुहार, नयाँ ठाउँः थोरै खुसी, धेरै निराशा’

खेम बम

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नको आरोप लागेकी बबिता र रोशनी बम काठमाडौं आइपुगेकी छन् । आफूहरुलाई कञ्चनपुरमा बस्न अप्ठ्यारो भएको भन्दै उनीहरुले काठमाडौं आएको बताएकी छन् । बिना कारण अपुष्ट प्रमाणले आफ्नो निजी जीवनमा परेको ठूलो चोटलाई काठमाडौंले सान्तवना दिन्छ की भन्ने हेतुले यहाँ पुगेको रोशनीले बताइन् ।

कञ्चनपुरका मानवअधिकारकर्मीले बारम्बार आत्म सम्मानमा चोट पु¥याउँदै आएको भन्दै उनीहरु सुरक्षाका लागि केन्द्रसम्म पुगेको बताउँछन् । प्रहरीले अनुसन्धानका क्रममा विभिन्न समयमा उनीहरुलाई पक्राउ गरी सोधपुछ गरेतापनि हत्यामा संलग्न रहे÷नरहेको पुष्टि हुन सकेन । आन्दोलनकारीले बारम्बार बम दिदीबहिनीहरुमाथि शंका लिइरहे । आफूहरुलाई न्याय दिने कुनै निकाय नभइसकेपछि बम परिवार एक्लो बनेको थियो । बेसाहारा बनेको परिवारले निकै चुनौति भोग्नुपरेको बबिता बताउँछिन् ।

स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् ।दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बन्नुभएको थियो । अहिलेसम्म पनि बम दिदीबहिनी मानव अधिकारकर्मीको नजरमा अभियुक्त छन् ।

साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । यो उनीहरुको पहिलो काठमाडौं यात्रा हो । उनीहरुले मिना भण्डारी र शारदा चन्द लगायत मानवअधिकारवादी भन्नेले आफूहरुलाई निरन्तर धम्की दिइरहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…