सिमरा गोल्डकप : हिमालयन शेर्पासँग पुलिस स्तब्ध

अनिल तिवारी

बारा । विभागीय टीम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार भएको संघर्षपूर्ण खेलको अन्तिम समयमा शेर्पाले पुलिस विरुद्ध २–० को जित हात पार्यो । खप्तड गोल्डकपको उपाधि उचालेर धनगढीबाट सिमरा आइपुगेको पुलिस क्लब स्टार खेलाडी चल्न नसक्दा सिमरा गोल्डकपको क्वाटरफाइनलबाटै घर फर्कन बाध्य भयो ।

हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले समान एक–एक गोलको योगदान दिए । खेलको ८६ औं मिनटमा हिमालयनका लागि त्रिदेवले खाता खोलेपछि अतालिएको पुलिस विरुद्ध विश्वासले इन्जुरी समयको अन्तिम समयमा थप एक गोल गर्दै २–० हराउन सफल भयो ।
पुलिसका तेज तामाङ, रवि पासवान, अभिषेक रिजाल जस्ता चर्चित खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । खेलमा पुलिसले हिमालयनविरुद्ध आकर्षक अवसर बनाउनै सकेन ।

वीरगञ्जमा शनिबार सम्पन्न विशाल मेमोरियल गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाईकल जित्न सफल भएका हिमालयनका विश्वास श्रेष्ठ पुलिस विरुद्धको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद हात पार्न सफल भए ।
हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले थकानका कारण खेलाडी चल्न नसकेको भन्दै हारलाई स्वभाविक रुपमा लिएको बताए । मोफसलमा लगातार प्रतियोगिता आयोजना हुँदा खेल्न गाह््रो हुने गरेको उनको भनाई छ । ‘आयोजकले पनि क्लबको बाध्यतालाई हेरेर प्रतियोगिता आयोजना गर्नुपर्छ’ थापाले भने ।

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले संघर्षपूर्ण जितबाट सन्तुष्ट रहेको बताए । ‘पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि जीतपछि सन्तुष्ट हुनैपर्छ’ उनले भने । वीरगञ्जमा फाइनल खेलेकाहरुले भएकाले आफ्ना खेलाडी समेत थकित रहेको र टीमका केहि खेलाडी बाहिर भएकाले प्रदर्शन सोंचेजस्तो नभएको लिम्बुको भनाई छ । ‘सेमिफाइनलमा राम्रो खेल पस्कनेछौं’ लिम्बुले भने । मंगलबार अन्तिम क्वाटरफाईनलमा आठौं संस्करणको विजेता संकटाले थ्रिस्टार क्लबको सामना गर्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।