काठमाडौं । करेन्ट लागेर आफ्नो दुई हात एक खुट्टा गुमाएका कृष्ण ओलीलाई मदन पौडेलको अगुवाइमा कतारमा काम गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको नेतृत्वमा गएको टोलीले ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेको हो ।कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्ट, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेता निरन्जन थापा, केन्द्रिय सदस्य उमेश थापा मगर, सुवास घिमिरे, विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, महेश पौडेल, सुशान्त आचार्य, सौरभ घिमिरे, सुबोध ओली, सुदिप अधिकारी, लगायतका नेताहरु सहभागि हुनुहुन्थो ।
कांग्रेस नेता पौडेलले ओलीको स्वास्थ लाभको कामना गर्दै उनको उपचारको लागी आर्थिक सहयोग गर्ने सबैलाई अपिल गर्दै भने, ुुअब ओली एक्लो छैनन् । देश विदेशमा रहेका हरेक नेपाली मिलेर उनलाई सहयोग गर्नुपर्छ । कृष्ण जी निरास नहुनुस् । सहयोग हस्तान्तरण कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले कृष्ण ओलीको जस्तो उपचारका लागि आर्थिक अभाव का कारणले उपचार बाट वन्चित हुने समस्या समाधानका लागि सरकारले नितिगत रुपमै समाधान खोज्नुपर्नेमा जोड दिनुभएको थियो ।
कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले मदन पौडेलको संयोजनमा ओलीलाई एक लाख छ्यालिस हजार एक सय साठी रुपैयाँ सहयोग पठाएका थिए ।
संसारभर छरिएर रहेका नेपालीहरुले सहयोगस्वरुप पठाएको सहयोग रकम करिब एक करोड पुगेको पारिवारीक स्रोतले बताएको छ ।