Logo माघ ११, २०७७ आइतबार


सन्दीपलाई प्रश्नः मिठाईलाल किन कालो ? (भिडियो)

काठमाडौं । सन्दीप क्षेत्री अहिलेका चर्चित र व्यस्त कमेडियन हुन् । सन्दीपलाई अहिले देश तथा विदेशमा हुने स्टेज कार्यक्रमहरुमा ब्यस्त छन् । यसको साथमा उनी कान्तिपुर टेलिभिजनम ‘ह्वाट्स द फ्लप’ नामक कमेडि शो चलाउँदै आएका छन् ।

सुरुवाती दिनमा खासै चर्चामा आउन नसकेको यो शोमा जब मिठाईलाल नामक पात्र जोडियो तव शोले बेग्लै किसिमको चर्चा पायो । शोमा मिठाईलालको पात्रलाई एकदमै रुचाईयो । मिठाइलालले बिभिन्न सेलिब्रेटीसँग गरिने कुराकानीलाई दर्शकले रुचाउन थाले ।

जब कुनै पनि शोको चर्चा हुन्छ त्यसको पक्षविपक्षमा तर्कवितर्क हुनु स्वभाविक हो । सन्दीप यानिकी मिठाइलालको हकमा पनि यस्तै भयो । शोमा भएको मिठाईलाल पात्रको बारेमा अनेका टिकाटिप्पणी हुन थाल्यो । मिठाईलाललाई किन कालो बनाएको ? तराई क्षेत्रमा बस्ने मानिसहरु सबै कालो छन् ? जस्ता प्रश्नहरुको सामना सन्दीपले पनि गर्नुपर्यो ।

जनता टेलिभिजनको कार्यक्रम ‘हाइ फाइभ’मा विवेक खतिवडासँग गरिएको कुराकानीमा यी लगायत अन्य जिज्ञासाको बारेमा पनि कुराकानी भएको छ । हेरौँ सन्दीप क्षेत्रीसँग गरिएको रमाईलो कुराकानीः

प्रतिक्रिया दिनुहोस्
विशेष

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।