अबको दिशाः क्रान्तिकारी सत्याग्रह

अझै स्पष्टताका साथ भन्ने हो भने क्रान्तिकारी सत्याग्रह त्यो विद्रोह हो जसका कारण पैसा नभएकै कारण भइरहेको शिक्षा, स्वास्थ्य उपचारलगायत विभेदको अन्त्य हुनेछ । दार्शनिक रुपमा भन्नुपर्दा क्रान्तिकारी सत्याग्रह नै त्यो पुल बन्नेछ, जसबाट देश वैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेश गर्नेछ ।

२०४६ को जनआन्दोलनलाई सम्झौतामा टुङ्ग्याएपछि एउटा क्रान्तिकारी धारले त्यसप्रति असहमति जनाए पनि तुरुन्तै सशस्त्र क्रान्तिको बस्तुगत अवस्था सिर्जना नभएकामा निरास थियो । तर प्राप्त सीमित उपलब्धी कसरी सशस्त्र क्रान्तितिर रुपान्तरण गर्न सकिन्छ भनेर चिन्तित पनि थियो । २०४६ मा व्यवस्था परिवर्तन भयो तर दूरदराजका आम गरिखाने वर्गको अवस्थामा कुनै परिवर्तन आएन । हिजो तिनै पञ्चे थिए, पछि तिनै कांग्रेस अनि एमालेमा छिरेर आफ्नो शोषणको जालोलाई निरन्तर बिच्छाइरहे । संसदीय व्यवस्थालाई गलत हो भन्नेहरुका लागि २०४८ को संसदीय निर्वाचन, २०४९ को स्थानीय निर्वाचन अनि २०५१ को मध्यावधि निर्वाचनले आम जनमानसमा एक खालको निराशा पैदा गरिसक्नुको फलस्वरुपः क्रान्तिकारी वामपन्थीहरुले सोचेको सशस्त्र क्रान्तिको बस्तुगत परिस्थिति छिट्टै तयार भयो र २०५२ फगुन १ मा नेपालमा पहिलोपटक विधिवत र घोषित रुपमा कम्युनिष्टहरुको सशस्त्र विद्रोह शुरुआत भयो ।

–विज्ञान शर्मा

मनोवैज्ञानिक रुपमा मिहीन ढंगले केलाउने हो भने नेपाली जनता भावनात्मक छन्, स्वाभिमानी अनि राष्ट्रिय संकटलाई एकताबद्ध भएर पराजित गर्नुपर्छ भन्ने मानसिकता देखिन्छ र त्यसको फलस्वरुप हामी विद्रोही पनि छौँ, अन्याय गर्दैनौँ अनि सहने क्षमता पनि छैन । कुनै शक्तिले हामीविरुद्ध अन्याय गरे तुरुन्तै आगो ओकल्ने ताकत छ हामीसँग । यिनै मनोवैज्ञानिक गुणहरु, शासन सत्तामा रहेका शक्तिहरुको अराजनीतिक प्रवृत्तिका कारण र तत्कालीन नेकपा माओवादीका जनपक्षीय एजेन्डाका कारण सशस्त्र विद्रोहले छिटै गतिलो उचाई हासिल गर्यो । कतिपय क्षेत्रमा डरका कारण भने अधिकांश शोषित पीडित बसोबास गर्ने दूरदराजमा उसका जनपक्षीय चेतना विस्तारका कारण जनयुद्ध छोटो अवधीमा देशभर फैलन सफल भयो । जनयुद्धका नेतृत्वकर्ता पनि त्यति विश्वस्त थिएनन् कि त्यति छोटो अवधिमा जनयुद्धले त्यो उचाई हासिल गर्नेछ तर जनताका मनमा दमित चाहना, समृद्ध देश देख्ने उत्कट अभिलाषा शासनसत्तामा पुगेका राजनीतिक नेताहरुको भ्रष्ट अनि नालायकीपनका कारण सशस्त्र विद्रोहले अकल्पनीय उचाइ हासिल गर्यो । त्यसमा आम भूइँमान्छेहरु सामेल भए । जसको दमित स्वर सिंहदरबारमा विराजमान शासकहरुले सुन्नै चाहँदैनथे।

जनयुद्धका नेतृत्वकर्ता पनि त्यति विश्वस्त थिएनन् कि त्यति छोटो अवधिमा जनयुद्धले त्यो उचाई हासिल गर्नेछ तर जनताका मनमा दमित चाहना, समृद्ध देश देख्ने उत्कट अभिलाषा शासनसत्तामा पुगेका राजनीतिक नेताहरुको भ्रष्ट अनि नालायकीपनका कारण सशस्त्र विद्रोहले अकल्पनीय उचाइ हासिल गर्यो । त्यसमा आम भूइँमान्छेहरु सामेल भए । जसको दमित स्वर सिंहदरबारमा विराजमान शासकहरुले सुन्नै चाहँदैनथे।

माओवादी जनयुद्धले अकल्पनीय उचाइ हासिल गर्दै गर्दा सशस्त्र क्रान्तिका नेतृत्वकर्ताहरुमा एकखालको दम्भ पैदा भयो । उनीहरुले आफूलाई सम्पूर्ण विश्व सर्वहाराका मुक्तिदाता देख्न थाले । आफ्नै नाममा पथ, विचार हुँदै वाद सिर्जना गरेको स्वैरकल्पनामा रम्न थाले । हो त्यही विन्दुबाट जनयुद्धले गलत दिशा पक्रियो । न त नेतृत्वमाथि खबरदारी गरियो न त नेतृत्वलाई झक्झकाइयो । वर्गीय मुक्तिका लागि भनेर शुरु भएको त्यो मुक्तियुद्ध जातीय द्वन्द्वतिर अघि बढ्ने ठूलो खतरा पैदा हुँदै गयो । अब जनयुद्ध चेन अफ कमान्ड अनि नेतृत्वकर्ताको हातबाट फुत्केर अर्कै दिशातर्फ जाने खतरा बढेपछि नेतृत्वले त्यसलाई सचेत ढंगले लिकमा ल्याउनुको सट्टा बलात् अन्त्य गर्ने सोचका साथ योजनाबद्ध ढंगले अवसानको दिशातर्फ अग्रसर गराए । त्यसको प्रत्यक्षरुप २०६२ मा चुनबाङमा भएको चर्चित बैठकमा देखियो र त्यहाँ जनयुद्धका थकित नेतृत्वकर्ताहरुले ‘एक्काइसौँ शताब्दीको जनवाद’ को नाममा (सारतः त्यो मदन भण्डारीको ‘जबज’ भन्दा पृथक थिएन) अवसान गराए । त्यतिबेला जनयुद्धको तल्लो वरियतामा रहेका केही (शुरुमा ३६ जना) युवा नेताहरुले अब क्रान्ति गलत दिशामा गयो यसलाई बचाउनुपर्छ । जनताको रगत, पसिना अनि शहिदहरुको बलिदानीबाट प्राप्त आधार इलाका, जनसत्ता, कम्युन अनि जनअदालतहरु अब विघटनको दिशातर्फ जान्छन्, त्यसको सचेत ढंगले संरक्षणको जरुरत पर्छ भन्दै दाङको हापुरेबाट २०६२ फागुन २ गते चुनवाङ एजेन्डा मान्य छैन, जनयुद्ध जारी छ, आधार इलाका, जनसत्ता, जनअदालत, जनसेना तथा जनकम्युन संरक्षण गरौँ भन्ने उदघोषका साथ माओवादी कम्युनिष्ट केन्द्रको विधिवत घोषणा गर्दै जनयुद्धलाई आफ्नो क्षमताले भ्याएसम्म निरन्तरता दिने काम भयो ।

यो फेरि भूइँमान्छेहरुद्वारा गरिएको सचेत पहल थियो । त्यतिबेला विद्रोह गर्नेहरुले आँकलन गरेको कुरा कालान्तरमा सत्य सावित हुँदै गयो । केही नेतृत्ववर्गका मान्छेहरु सम्भ्रान्त वर्गमा फेरिए । एकजना राजा हटे तर शोषण र दमनको चक्र हटेन । अन्ततः राजा हुनु र नहुनुको फरक जनताले महसुस गर्नै पाएनन । आखिर वर्गीय मुक्तिका लागि लडिएको त्यति घमासान विद्रोह अरु केही शासकलाई शासनसत्तामा विराजमान गराउँदै अवसानको दिशा उन्मुख भयो । तर क्रान्तिको स्पिरिट अझै सकिएको छैन । हामी त्यो लक्ष्य हासिल गर्न अझै कटिबद्ध छौँ ।

हिजो सेना प्रहरीबाट विद्रोह गरेर जनयुद्धमा सामेल हुन अपिल गर्नेहरु सत्ताको तर मारिरहँदा विद्रोह गर्ने भूइँमान्छेचाहिँ आजीवन काराबासको सजाय भोगिदिनु पर्ने ? के यही हो त बृहत् शान्तिसम्झौताको स्पिरिट ? यसैलाई आधार बनाएर भोलि प्रचण्ड बाबुरामहरुलाई मुद्दा चलाउने कि नचलाउने ? हाम्रो पार्टी त्यो शान्ति प्रक्रियामा संलग्न थिएन । तैपनि परिस्थितिलाई हामीले नजिकबाट नियालिरहेका छौँ । त्यो प्रक्रियामा भएका गल्तीहरु क्षम्य छैनन् । त्यसको जवाफ नेपाली जनताले उचित समयमा अवश्य दिनेछन् ।

माओवादी कम्युनिष्ट केन्द्र नेपालले सधैँ भन्दै आइरहेको छ कि सरकारद्वारा व्यवस्था गरिएको जातीय र लैङ्गिक आरक्षणका नाममा भइरहेको यसको दुरुपयोगलाई तुरुन्तै व्यवस्थित गर्नुपर्छ । आरक्षण वर्गीय हुनुपर्छ, पैसा नभएकै कारणले पढ्न नपाउने, स्वास्थ्य उपचार नहुने स्थितिको तुरुन्तै अन्त्य हुनुपर्छ । वार्षिक २ लाख ४० हजार रुपैयाँ भन्दा कम आय अनि २० लाखभन्दा कम चलअचल सम्पत्ति हुने परिवारलाई गरिब घोषणा गरेर तुरुन्तै गरिब पहिचान पत्र प्रदान गर्नुपर्दछ र राज्यद्वारा सम्पूर्ण सेवा सुविधा पूर्ण निःशुल्क गरिनुपर्दछ । देख्दा सामान्य जनजीविकाका सवाल झैँ लाग्ने हाम्रा यी एजेण्डालाई वैज्ञानिक ढंगले लागू गर्नु नै समाजवादी यात्राको पहिलो खुट्किलो हो भन्ने हाम्रो पार्टीको ठहर छ । तर परिस्थितिहरुलाई केलाउने हो भने सरकारमा बस्ने जुनसुकै दल किन नहुन्, उनीहरुलाई सामाजिक द्वन्द्व व्यवस्थापन गर्ने कुनै रुचि देखिँदैन । हाम्रो पार्टी माओवादी कम्युनिष्ट केन्द्र नेपालसँग नेपाल सरकारले विगत २०६९ सालदेखि पटकपटक सम्झौता गर्ने तर त्यसलाई कार्यान्वयन गर्न कहिल्यै चासो नदेखाउनुले यो पुष्टि हुन्छ कि सरकार द्वन्द्व व्यवस्थापन गर्न होइन समाजमा द्वन्द्व बढाउन उदत देखिन्छ । हाम्रो पार्टी अहिले सरकारसँग शालीन ढंगले प्रस्तुत भइरहेकोछ ।

यदि सरकार सधैँ सम्झौता गरिरहने तर कार्यान्वयन गर्न कन्जुस्याइँ गरिरहने हो भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा हाम्रो पार्टीले राखेका मुद्दा कार्यान्वयनको लागि विश्व नै चकित पर्ने क्रान्तिको मोडेलको बारेमा हामी बहसमा छौँ । क्रान्तिकारी सत्याग्रह नै त्यो मोडेल हो जसको माध्यमबाट आम सम्पूर्ण जनताको पहुँचलाई विस्तारित गर्न चाहन्छौँ । अझै स्पष्टताका साथ भन्ने हो भने क्रान्तिकारी सत्याग्रह त्यो विद्रोह हो जसका कारण पैसा नभएकै कारण भइरहेको शिक्षा, स्वास्थ्य उपचारलगायत विभेदको अन्त्य हुनेछ । दार्शनिक रुपमा भन्नुपर्दा क्रान्तिकारी सत्याग्रह नै त्यो पुल बन्नेछ, जसबाट देश वैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेश गर्नेछ ।

तिबेला विद्रोह गर्नेहरुले आँकलन गरेको कुरा कालान्तरमा सत्य सावित हुँदै गयो । केही नेतृत्ववर्गका मान्छेहरु सम्भ्रान्त वर्गमा फेरिए । एकजना राजा हटे तर शोषण र दमनको चक्र हटेन । अन्ततः राजा हुनु र नहुनुको फरक जनताले महसुस गर्नै पाएनन । आखिर वर्गीय मुक्तिका लागि लडिएको त्यति घमासान विद्रोह अरु केही शासकलाई शासनसत्तामा विराजमान गराउँदै अवसानको दिशा उन्मुख भयो । तर क्रान्तिको स्पिरिट अझै सकिएको छैन । हामी त्यो लक्ष्य हासिल गर्न अझै कटिबद्ध छौँ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।