Nic

वास्तविक लोकतन्त्र र लोकतान्त्रिक सामन्तवाद के हो ?

हामीले आज यूग सुहाउँदो लोकतन्त्रको परिभाषा खोजिरहेका छौं । सामाजिक आवश्यता, उत्पादनका आधुनिक तरिका, विज्ञानको विकास र मानविय विकाससँगै लोकतन्त्रले आफ्नो स्वरुप र परिभाषालाई फेर्दै आइरहेको छ । तर पनि हामी पुरातनवादी सोचको लोकतन्त्रको परिभाषालाई लोकतन्त्रको परिभाषा ठानिरहेका छौं ।

वास्तविक लोकतन्त्रका लागि बहस र पैरवी गर्नु पर्दा लोकतन्त्र वा जनवाद आफैमा निकै ठूलो र बृहत परिभाषाले बेरिएको छ । यसको विश्लेषण र व्याख्या हरेकले आ–आफ्नै ढंगले गर्न सक्दछन् । आदिम कालमा सामन्तवादी लोकतन्त्र थियो । कतिपय विश्लेषकले उदार लोकतन्त्रलाई मात्र वास्तविक लोकतन्त्र मान्दछन् भने कतिपयले माक्र्सवाद, समाजवाद र साम्यवादका विपरितका क्रियाकलापलाई लोकतन्त्र मान्दछन । त्यसैगरी बुर्जुवा वर्ग (पूँजीपती वर्ग)ले उदार राज्यव्यवस्था, खुला बजार, खुला अर्थतन्त्र र पुँजीपती वर्गको अधिनायकत्वलाई वास्तविक लोकतन्त्र मान्दछ । सबैका आ–आफ्नै विचार विश्लेषण भएतापनि लोकतन्त्र सबैको साझा शासन प्रणाली बनेको छ यो सत्य हो । तर सबैको साझा परिभाषाको लोकतन्त्र किन हुन सकेन त ? सबैको साझा वास्तविक लोकतान्त्रिक प्रणाली कुन हो त ? कस्तो शासन प्रणाली सबैको साझा वास्तविक लोकतान्त्रिक शासन प्रणाली हो ? भन्ने तर्फ कसैले पनि वकालत गरेको पाइएन । माक्र्सवादले लोकतन्त्रलाई वर्गीय राज्यको रुपमा अनुशरण गरेको छ भने वर्गविहीन समाजको स्थापनाका लागि पूँजीवादी र सामन्तवादी अधिनायकत्वको अन्त्य अनिवार्य छ भनि विश्लेषण गर्दछ । साथै निजी स्वामित्वबाट सामाजिक स्वामित्व, एकल निर्णयलाई सामूहिक सहभागितामा आधारित निर्णयमा बदल्नु वास्तविक लोकतन्त्रको आधारभूत जग मान्दछ । पूँजीवादी लोकतन्त्रले सिमित व्यक्ति, धनीमानी र सम्भ्रान्तहरुलाई मात्र यसको जग मान्दछ ।

तसर्थ वास्तविक लोकतन्त्रको विश्लेषण गर्ने शाब्दिक रुपमा कुनै पनि कोण फेला पार्न सकिएको छैन । यहाँ व्यवहारिक रुपमा विश्लेषण गरी वास्तविक लोकतन्त्रको परिभाषा पुष्टि गर्ने प्रयत्न गरिएको छ । शाब्दिक रुपमा लोकतन्त्र भनेको जनताले जनताका लागि जनताद्धारानै गरिने शासन प्रणालीलाई लोकतन्त्र वा प्रजातन्त्र भनिन्छ । यो लोकतन्त्रलाई परिभाषीत गर्ने सरल तरिका पनि हो । तर यति परिभाषाले मात्र लोकतन्त्रको वास्तविकतालाई बोक्न सक्दैन । किनकी हामीले आज यूग सुहाउँदो लोकतन्त्रको परिभाषा खोजिरहेका छौं । सामाजिक आवश्यता, उत्पादनका आधुनिक तरिका, विज्ञानको विकास र मानविय विकाससँगै लोकतन्त्रले आफ्नो स्वरुप र परिभाषालाई फेर्दै आइरहेको छ । तर पनि हामी पुरातनवादी सोचको लोकतन्त्रको परिभाषालाई लोकतन्त्रको परिभाषा ठानिरहेका छौं ।

वास्तविक लोकतन्त्र के हो ?

लोकतन्त्रले आफ्नो परिभाषाको यकिन मापनयन्त्र विकास गर्न नसकेता पनि जनताप्रति उत्तरदायी, जिम्मेवार र जवाफदेहीतालाई यसको मापन मान्न सकिन्छ । देश र समाजका सबै वर्ग, क्षेत्र, समूदाय, तह र तप्कामा भएका विभेद र असमानतालाई हटाउनका लागि समान र सरल रुपमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुलाई जडान गर्ने कला वा कौशललाई वास्तविक लोकतन्त्र भनिन्छ । नेतृत्वमा भएको उच्च अनुशासन र कर्तव्यनिष्ट व्यवहारबाट अझ यो वास्तविक बन्दछ । जवाफदेहिता, उत्तरदायित्व, जिम्मेवारी, निष्पक्षता र पारदर्शिता यसका आधारभूत स्तम्भहरु हुन् । लोकतन्त्रले सामूहिकतामा आधारित सामूहिक सहभागिताको वकालत गर्दछ । राष्ट्र र समाजमा भएका तमाम मजदुर र किसान वर्गको हित नै लोकतन्त्रले आफ्नो प्राण मान्दछ । लोकतान्त्रिक प्रणालीका नेतृत्वकर्ताहरुको उच्च नैतिकता र कर्तव्यनिष्ट व्यवहारको अपेक्षा गर्दछ । अझ नेतृत्वकर्तामा उच्च सहनशिलता र धैर्यताको अटुट विम्म हुनुपर्दछ भन्ने कुराको उजागर गर्दछ । साथै उत्पादन प्रणालीको विकास गर्दै आन्तरिक पूँजीमा बृद्धि गरी जनताका लागि स्वरोजगार र राष्ट्रप्रति स्वाभिमानी हुन सिकाउँदछ । वास्तविक लोकतन्त्रले मजदुर र किसानहरुलाई आफ्नो स्वामित्व सम्झन्छ । तसर्थ मजदुर र किसानवर्गसँग यसको सोझो सम्बन्ध हुन्छ । वास्तविक लोकतन्त्रले राज्यमा भएका स्रोत, साधन र अवसरहरुमा हरेक नागरिकको सहज र सरल किसिमले पहुँच पु¥याउँदछ । जातीय, धार्मिक, भाषिक र क्षेत्रीय विभेदको अन्त्य गरी सबै नागरिकमा भातृत्व र आत्मसम्मानको विकास गराउँदछ । स्वार्थ, अहंकार र विलासीतालाई यसले आफ्नो मर्मप्रति प्रहार भएको बुझ्दछ । समाजमा जकडीएर बसेको सामाजिक र सांस्कृतिक विभेदको अन्त्यका लागि सचेतनामुलक सशक्तीकरण अभियान चलाउँदछ । प्रणालीमा भएको लोकतान्त्रिक परिवर्तनलाई व्यवहारिक रुपमा समाज र व्यक्तिमा अनुभूति दिलाउनका लागि यस्ता ठोस कदमहरु चाल्दछ र यस्तो प्रणाली मात्र वास्तविक लोकतन्त्र हुन सक्दछ भन्ने विश्लेषण छ र यही नै सबैको साझा परिभाषा भित्र पर्ने लोकतन्त्र हुनुपर्दछ ।

लोकतान्त्रिक प्रणालीका नेतृत्वकर्ताहरुको उच्च नैतिकता र कर्तव्यनिष्ट व्यवहारको अपेक्षा गर्दछ । अझ नेतृत्वकर्तामा उच्च सहनशिलता र धैर्यताको अटुट विम्म हुनुपर्दछ भन्ने कुराको उजागर गर्दछ । साथै उत्पादन प्रणालीको विकास गर्दै आन्तरिक पूँजीमा बृद्धि गरी जनताका लागि स्वरोजगार र राष्ट्रप्रति स्वाभिमानी हुन सिकाउँदछ । वास्तविक लोकतन्त्रले मजदुर र किसानहरुलाई आफ्नो स्वामित्व सम्झन्छ ।

लोकतान्त्रिक सामन्तवाद के हो ?
आफ्नो जिविकोपार्जनका लागि निरिह बनेर अरु कसैको हुकुम र आदेशमा धेरै परिश्रमद्धारा कम प्रतिफल पाउने स्वतन्त्रता, स्वभिमान र अधिकारविहीन अवस्थालाई सामन्तवाद भनिन्छ । यस्तो तरिकाले सञ्चालन भएको शासन प्रणालीलाई सामन्तवादी शासन प्रणाली भनिन्छ । यस्तो प्रणालीमा सामन्तहरुका लागि आज्ञाकारी मजदुर र किसानहरुको आवश्यता पर्दछ । जो उनीहरुको लागि मात्र काम गरुन् र उनीहरुको खटनपटनमा चलुन् । आफूहरु मोजमस्तीमा रमाउने गर्दछन । राज्यको ढुकुटी आफ्नै आसेपासे र सेवा सुविधाका लागि बढी खर्च गर्दछन । राज्यको हित र समाजका तमाम समस्यालाई बेवास्ता गरिन्छ । यस्तो प्रणालीमा दमन, थिचोमिचो, अन्याय र अत्याचारले विकराल रुप लिन पुग्दछ । लोकतान्त्रिक कानून बनाइन्छ तर व्यवहारमा हुकुमीतन्त्र अपनाइन्छ । सोझासाझा जनताका लागि कानून तेर्साइन्छ तर उनीहरुका लागि कानून कालो धब्बा बराबर हुन्छ । जब उनीहरुका आज्ञाकारी मजदुर किसानहरुको अधिनायकत्व बढ्दछ अनि समाजमा भएका आम शोषित पीडितसहितको सहभागीतामा त्यहाँ विद्रोह हुनपुग्दछ । जुन विद्रोहले सामन्ती सत्ताको अन्त्य गर्दछ र नयाँ लोकतान्त्रिक व्यवस्थाको जन्म गराउँदछ । जहाँ जनताको जीवनस्तर उकास्न र विभेदको अन्त्य गर्न सम्पूर्ण वर्ग, समूदाय र समाजको प्रतिनिधित्व गर्दै सद्भाव र समझादारीमा राज्यसत्ता सञ्चालन होस् भन्ने सबैको चाहाना हुनपुग्दछ ।

तर यसका लागि स्थापित लोकतन्त्रमा पनि सामन्तवादकै व्यवहार र आचरण अपनाइन्छ, जनतालाई ढाँट्ने र छल्ने काम गरिन्छ, आर्थिक, सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गरिदैन, शासन सत्तामा रमाउने र सत्तालाई आय आर्जनको थलो बनाइन्छ, श्रमको शोषण गरिन्छ, जनताका कामहरुलाई ढिलासुस्ति र दुःख दिने गरिन्छ, नेतृत्वको जीवनशैली सामन्तीहरुकै जस्तो बनाइन्छ, स्वेच्छाचारिता अपनाइन्छ, नेतृत्ववर्गमा आएको आर्थिक सुधारलाई समाजको आर्थिक परिवर्तन भयो भनिन्छ, जनताले तिरेको कर आफ्नो सुविधामा लगाईन्छ, भ्रष्टाचार र अनियमिततालाई आर्थिक आर्जनको श्रोत बनाईन्छ, सामन्तीकै जस्तो विलासी र सास्टंग दण्डवतको अपेक्षा गरिन्छ, जनताको अभिमतलाई रोजगारीको अवसरका रुपमा परिणत गरिन्छ, सामन्तीहरुको भन्दा पनि अकुत आर्जन गर्ने अवसर लोकतन्त्रलाई बनाईन्छ, नेतृत्वको निहीत स्वार्थ र हितका लागि कानून बनाईन्छ, आफ्नो सुख र आनन्दलाई जनताको आनन्द मानिन्छ, नातावाद, कृपावाद र भनसुनमा आफूलाई ओजस्वी ठानिन्छ भने त्यस्तो आचरण र व्यवहारले लोकतन्त्रलाई धुमिल बनाउँदछ र त्यहाँ लोकतान्त्रिक सामन्तवादको जन्म हुनपुग्दछ । यसैलाई लोकतान्त्रिक सामन्तवाद भनिन्छ । २०४६ सालको आन्दोलनबाट प्राप्त लोकतन्त्रले २०७५ सालको अन्त्यको उत्तरार्धसम्म आइपुग्दा राष्ट्र र जनताले भोगेको र खेपेको प्रहार यही नै हो । यो वास्तविकता हो ।

नातावाद, कृपावाद र झुटले पार्टीगत हित गराउला तर यसले राष्ट्रिय हित कदापि गर्नेछैन । राष्ट्रको बृहत्तर हितका लागि नेतृत्ववर्गमा उच्च सोच र दृण इच्छा शक्ति हुनु आवश्यक छ । विभिन्न बहानाबाजी र झुटका खेतीले लोकतन्त्रमा हुनुपर्ने बृहत अनुशासन र कर्तव्यलाई मारिँदा समेत जनता चुप लाग्नु विडम्बनाको बिषय हो । नेतृत्ववर्गको जीवन शैलीमा आएको परिवर्तनलाई मात्र लोकतन्त्र मान्ने हो वा समाज र वस्तिमा भएको विभेद र शोषणको परिवर्तनलाई लोकतन्त्र मान्ने हो ? नत्र भने नेतृत्ववर्गमा आएको विलासीताले सामन्तवाद गएको हामी कसरी भनिरहेका छौं ? नेतृत्ववर्गमा भएको आर्थिक विकास, अथाह सम्पत्तीको भण्डारण र चिल्ला गाडीका लाबालस्करले साच्चै हाम्रो शासन प्रणाली, समाज र बस्तीबाट सामन्ती गयो या नयाँ रुपमा भित्रीयो ? बुझ्नु पर्ने बेला भएको छ ।

निष्कर्ष–
पुँजीको विकास वा पुँजीवादीहरुको सहयोग बिना वास्तविक लोकतन्त्र वा समाजवादको स्थापना असम्भव नै छ । तसर्थ यस्तो पुँजीवादी अवस्था विकृत पुँजीवादी अवस्था नभएर समाजवादी लोकतन्त्र प्राप्तीको प्यूपा अवस्था हो । असल राजनीतिज्ञले मात्र यस्तो अवस्थाको आंकलन गर्नसक्दछ । साथसाथै त्यहाँ मजदुर किसानहरुको हिस्सा पनि ठूलो पंक्तीमा विकसित भइसकेको हुन्छ । यसरी ठूलो पंक्तीमा बृद्धि भएको मजदुर र किसानवर्गको शक्तिबाट पुँजीवादी अधिनायकत्वका केही हाँगाहरु छिमल्ने काम गरिन्छ र पुँजीवादमा रहेको लोकतन्त्र स्वतः समाजवादी लोकतन्त्रमा रुपान्तरण हुनपुग्दछ । यहीँ नै वास्तविक लोकतन्त्र वा समाजवादी लोकतन्त्रको सुरुको विन्दु बन्दछ ।

उदाहरणका लागि जस्तैः एउटा व्यक्तिबाट ४० लाख लगानी गरी कुनै एउटा व्यवसाय संचालन गर्दछ । सुरुमा उसले आफु सहित २० जना मजदुर राख्दछ । मानौ उसको कम्तीमा मासिक आम्दानी दुई लाख राखियो भने २० महिनामा उसले गरेको लगानी प्राप्त गर्दछ । अब राज्यले २१ औं महिनाको शुरुबाट त्यस्तो उद्योग वा व्यवसायलाई २० जनाको सामूहिक अधिकारमा आउने व्यवस्था मिलाउनु पर्दछ । जसले गर्दा लगानीकर्तालाई पनि अन्याय भएन । उद्योग एकल स्वामित्व र वितरण प्रणालीबाट सामूहिक स्वामित्व र वितरण प्रणालीमा रुपान्तरण हुनपुग्दछ । यो अवस्था नै पूँजीवादबाट समाजवादी रुपान्तरणको शुरु विन्दु हो । पुँजीवादको विकासको चरणको अवधि कति हुने त्यो पुँजीपती वर्गको लगानीको आधारमा राज्यले तय गर्नुपर्ने छ ।

यसरी पुँजीपतिवर्ग र श्रमजिवी वर्गमा भएको वर्गीय विभेद पनि अन्त्य हुन्छ । सहज र समान रुपमा उत्पादनको वितरण हुन पुग्दछ । एकल नेतृत्व र निर्णयहरु सामूहिकतामा परिणत हुनपुग्दछन । वास्तविक लोकतन्त्र वा समाजवादी लोकतन्त्रको यो साझा अवधारणा पनि हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…