Nic

नेता रिजालले बैठकमै भने– रामचन्द्रजीलाई त गिलास चल्छ कि !

काठमाडौं । बिहानैदेखिको वर्षाले काठमाडौं उपत्यकामा बिहिबार अघिल्लो  दिनको तुलनामा बढी चिसो भएको छ । चिसो बढिरहेको बेला प्रमु्ख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठक चलिरहेको छ ।

कांग्रेस नेताहरु बैठकमा सहभागी हुन सिमसिमे पानी छल्दै बिहान ११ बजे नै पार्टी मुख्यालय पुगे । बैठकको मध्यान्तरमा दिउँसो ३ बजे संचारकर्मीलाई दृश्य खिच्न हलमा बोलाइयो ।  क्यामेरा लिएर हलभित्र छिरेका पत्रकार तथा क्यामेरा पर्सनहरु शीर्ष नेता बसेको स्थानतिर लम्किए । शीर्ष नेता एउटै सोफामा बसेका थिए । एउटै सोफाको बीचमा बस्नुभएको थियो, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल । उहाँको छेउमा एकातिर बिमलेन्द्र निधि र अर्कोतिर  विजयकुमार गच्छदार हुनुहुन्थ्यो ।

सञ्चारकर्मीले जब शीर्षनेतातिर आफ्ना क्यामेरा सोझ्याए, सभापति देउवाले रोक्न खोज्दै भन्नुभयो, ‘एकछिन पखपख, टेबुलमाथि पानीका रित्ता बोतल र रिता गिलास मात्रै छ, त्यसलाई हटाउ न यार । टीभीमा फेरि त्यही मात्रै देखिएला ।’ देउवाको आग्रहपछि उहाँको अगाडिको गिलास र बोतल नेता निधिले हटाउनु भयो । तर वरिष्ठ नेता पौडेलको अगाडिको बोतल र गिलास भने त्यसै थियो ।

त्याे देखेपछि सभापति देउवाले अर्का नेता गच्छदारतिर इसारा गर्दै भन्नुभयो, ‘त्यो पनि हटाउनुस् न यार ।’ सभापति देउवाको भनाई टुंगिए लगत्तै अर्का नेता मिनेन्द्र रिजालले ठट्यौली पारामा भन्नुभयो, ‘रामचन्द्र जीलाई त गिलास चल्छ कि ।’ वरिष्ठ नेता पौडेल पनि के कम, उहाँले तत्कालै प्रतिवाद गर्नुभयो, कसकसलाई के के चल्छ, सबैलाई थाहा भएकै कुरा हाे, अहिले त्यतातिर नजाउँ ।’

शीर्षकै सामुन्ने गिलासको चर्चा हुँदा हरेक दिन टुच्च अलिकति लगाउने पानी परेका नेताहरुको मुख रसाइएछ क्यारे । उनीहरु मुख मिठ्याँदै खिस्स हाँसे । हिजोदेखि शुरु भएको कांग्रेस बैठक बिहिबार पनि नेपाल विद्यार्थी संघ र महासमिति बैठकबारे छलफलमै केन्द्रित रह्यो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।