१३ वर्षमै एकल

ओखलढुङ्गा । गतवर्ष असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएर रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यहि नम्बरबाट दैनिक फोन आउन थाल्यो । शुरुशुरुमामा धेरै कुराकानी नभए पनि पछि फोनमै चिजान भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् ।

कुराकानी हुदैँ गर्दा उनीहरु बिवाह गर्नेसम्मको स्थिीतिमा पुगे । र बैशाख १३ गते बिवाह गरे । बिवाह गर्दा सुनिल १७ वर्षक थिए भने रीता जम्मा १३ वर्षकी । उनीहरुले भागेर विबाह गरे । बिवाह गरेको तीनदिनसम्म त रीताकी आमालाएै छोरीको बिवाह भएको कुरा थाहा नै थिएन । उमेर सानो भएपछि बिवाहपछि रीताको जिम्मेवारी बढ्न थाल्यो । उनले सकिनसकि त्यो जिम्मेवारी पुरा गरिरहेकी थिइन् ।

गत असोज ३ गते रीता र सुनिल बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । श्रीमानत नआएपछि रीताले घाँसको भारी पु¥याएर घर फर्किइन् । घरमा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाउँदा श्रीमानको आवाज नआएपछि उनी आत्तिइन् । झ्यालबाट कोठामा चिहाउँदा उनी छाँगाबाट खसेझैँ भइन् । त्यहाँ रीताका पति सुनिलले आत्महत्या गरिसकेका रैछन् ।

श्रीमानको मृत्युपछि रीता अहिले एकल जीवन बिताइरहेकी छन् । समाजमा पनि उनलाई ‘अलच्छिनी’ भन्दै घृणा गर्न थाले । रीता र सुनिलको बिवाह दर्ता भने भएको छैन । कानुनअनुसार उनीहरुको बिवाहक भएको देखिदैँन तर सामाजिक रुपमा भने भइसकेको छ । रीता १३ वर्षमानै एकल महिला बनेकी छन् । पतिको मृत्युपछि रीता माइत फर्केर ८ कक्षाको पढाई पुनः शुरु गरेकी छन् ।, नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…