Nic

‘जन्माउनुअघि स्वीकृति नलिएको’ भन्दै आमाबावुलाई मुद्दा हाल्ने तयारी

भारत । भारतका एकजना २७ वर्षिया युवाले उनको स्वीकृतिविना उनलाई जन्म दिएकोमा आफ्ना अभिभावहरूलाई मुद्दा हाल्ने योजना बनाएको बताएका छन् ।

मुम्बईका व्यापारी राफेल सामुयलले ‘आजीवन पीडाको सामना गर्नपर्ने हुनाले विश्वमा बालबालिकालाई ल्याउनु’ गलत भएको बीबीले जनाएको छ । राफेल सामुयललाई जन्मनुअघि बच्चाले स्वीकृति दिन मिल्दैन भन्ने थाहा छ तैपनि उनी ‘जन्मनु आफ्नो निर्णय नभएको’ बताउँछन्।

आफ्नो जन्मको निम्ति आफूले नभनेको बताउँदै उनी बाँकी जीवन जीउनका लागि रकमको ब्यवस्था गरिदिनुपर्ने उनको तर्क छ । सामुयलले आफ्ना वकिल समेत रहेका आमाबुवासँग एकदम राम्रो सम्बन्ध रहेको र उनीहरूले त्यसलाई ठट्टाको रूपमा लिने गरेको बताए।

एउटा वक्तव्यमा उनकी आमा कविता कर्नाड सामुयलले छोराको पछिल्लो भनाइबारे प्रतिक्रिया दिएकी छन्। उनले भनेकी छन्– ‘आफ्ना आमाबुवा दुवै वकिलहरू भएको थाहा हुँदाहुँदै आफूहरूलाई अदालत लैजाने मेरो छोराको साहसको म प्रशंसा गर्छु।’

यदि राफेल उनलाई जन्मदिँदा कसरी उनको स्वीकृति लिन सकिन्थ्यो भन्नेबारे व्यवहारिक व्याख्याका साथ आएमा उनले आफ्नो गल्ती स्वीकार गर्ने पनि उल्लेख गरेकी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।