विद्यालयको जग्गा अस्पताललाई

बाग्लुङ । जैमिनी नगरपालिकामा अस्पतालको लागि विद्यालयले जग्गा उपलब्ध गराउने भएको छ । सरकारले ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम ल्याएको छ । त्यसको लागि नगरपालिकाको वडा नम्बर ८ छिस्तीस्थित विद्यालयले जग्गा उपलब्ध गराउन लागेको हो ।

अस्पतालका लागि १२ रोपनी उपलव्ध गराउने निर्णय भएको नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । तत्कालका लागि छिस्तीमा रहेका स्वास्थ्य चौकीले भोगचलन गर्न पाउनेगरी विद्यालयको जग्गा अस्पतालका लागि दिने निर्णय गरिएको पौडेलले बताउनुभयो ।

सरकारको निर्णय बमोजिम निर्माण हुने अस्पताल कम्तीमा १५ श्ययाको हुने भएकाले त्यसका लागि आवश्यक सबै भौतिक संरचना निर्माणका लागि आवश्यकपर्ने जग्गा पुग्नेगरी विद्यालयको जग्गा उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

कालीगण्डकी कोरिडोर छेउमा रहेको विद्यालयसँग प्राप्त जग्गा रहेकाले उपयोगमा नआएको जग्गा अस्पताललाई दिने निर्णय गरिएको हो । ५५ रोपनीमा फैलिएको विद्यालयको १२ रोपनी जग्गा मात्रै अस्पताललाई दिँदा विद्यालयलाई कुनै असर नपर्ने नगर प्रमुख पौडेलले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।