Nic

तपाईंको यो साता

माघ २७ देखिको साप्ताहिक राशिफल

मेष – इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापारमा राम्रो योग देखिन्छ । आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमालाभएवं राजनीतिबाट फाइदा हुनुका साथै साताको अन्त्यमा भने खर्च बढ्ने र पारिवारिक समस्या हुनेछ ।

वृष – विदेशबाट फाइदा मिल्नेछ । यात्राको अवसर पाइनेछ । ठुलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । साताको अन्त्यमा भने आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – शारिरीक समस्याहुनेछ । आफन्तबाट धोकामिल्नेछ । साताको मध्यमाविदेश यात्राको सम्भावना रहेको छ । भाग्यले साथदिनाले अधुरा कामबन्ने छन् । साताको अन्त्यमा राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्मप्रशंसा बढ्ने देखिन्छ ।

कर्कट– कुटुम्ब सहयोग पाइनेछ । साझेदारीमा फाइदा मिल्नेछ । प्रेमी प्रेमीकाबीच सम्बन्ध सुध्रिनेछ । साताको मध्यमा भने अपमान आउन सक्नेछ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ भने साताको अन्त्यमाअधुरा कामबन्ने र विदेशको अवसर पाइनेछ ।

सिंह– झमेलामा परिन सकिनेछ । विरोधीहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्री पक्षबाट सहयोग पाइनेछ । वैवाहिक कुराकानी चल्नेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिनेछ ।

कन्या– पठनपाठनमा सफलता मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । मुद्धा मामिलामा आफ्नो पक्षमा काम हुनेछ ।आलोचकहरु तहलाग्नेछन् । साताको अन्त्यमा भने सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ ।

तुला– मानसिक अशान्ति एवं चिन्ता बढ्नेछ । चिसोले सताउनेछ । घरायसी समस्या बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा मिल्नेछ । साताको अन्त्यमा विरोधीले काम बिगार्न सक्नेछन् ।

वृश्चिक– जोस जागर बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ । साताको मध्यमा समस्या बल्झिनेछ । कामअधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । साताको अन्त्यमाभने धनप्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ ।

धनु – परिवारजन भेटघाट रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । सानो यात्राहुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यले बाधा तथा मनमा अशान्ति तथा पारिवारिक झै झगडा हुनेछ ।

मकर – घरायसीकामबिग्रिनेछ । गरेको काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरिरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथायात्रामा झन्झट आउनेछ । साताको अन्त्यमा भने आकश्मिक लाभ तथा व्यापारमा राम्रो प्रतिफल मिल्नेछ ।

कुम्भ –पैसाले तनावहुनेछ । आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्य तथा अन्त्यमा भने पारिवारिक सुख एवंम व्यापार व्यवसायबाट राम्रराे आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

मीन– विद्यामा रुचि हुनेछ क्षमताको कदर पाइनेछ । मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवंम गरेको काममा प्रशंशा मिल्नेछ । साताको अन्त्यमा भने यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।

ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।