‘मनाउने छैन यो प्रेम दिवस’

शारदा सुवेदी

कविता ः

म त्यहीँ छु प्रिय
जहाँ तिमीसँग मुटु जोडिएको थियो
तर म
मनाउने छैन यो प्रेम दिवस
देखाउने छैन माया दुनियाँलाई

अनायासै बज्रपात सहेर बाबा गुमाएका आमाहरू
बिछोडका पीडामा तड्पिएका दिदीबहिनीहरूको
कोमल मनको स्पर्श छ ममा
म कसरी सक्छु र ?
गुलाफको फूल र उपहारको बट्टा बोकेर
यो दिनलाई तिम्रासामु ओछ्याउन ।

हट्नेछैन मायाको तस्बिर
कहिल्यै मुटुको धड्कनबाट
तर
रानीपोखरी र रानीमहललाई माया गर्ने म
आफ्नै संस्कृतिका प्रेमी पात्र खोज्ने म
मनाउँदिन भ्यालेन्टाइन डे ।

म होइन
यौवनको आवेगमा प्रेम गर्ने प्रेमिका
मलाई थाहा छ
ओइलाएर जान्छ फूल
हराएर जान्छ यौवन
म त्यो प्रेमको सम्मान गर्छु
जसले सिकाउँछ जिउने कला
जुन सृष्टिको आधार हो,
सेवा हो, मित्रता हो प्रेम ।

मनाउँदिन म यो दिन
जोडी प्रेमलाई मात्र प्रेमको परिभाषा बनाएर
खुम्चिएको साँघुरो सोच
कसैको आँखामा आँसु ल्याउने उत्सव
लाग्छ मलाई अर्थहीन !

-म्याग्दी (हालः काठमाडाैं)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।