Nic

दिदी प्रधानमन्त्री बन्न खोज्दा राजाको कडा आलोचना

काठमाडौं । दिदीले आउँदो चुनावमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने जनाएपछि थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आलोचना गरेका छन् ।

राजा वाजिरालङ्कोर्नकी दिदी राजकुमारी उबोल्राताना माहिडोलले प्रधानमन्त्रीका लागि उमेद्वारी दिएकी छन् । ६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको हो ।

राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले बताएका छन् । राजाले वक्तव्य जारी गरेर यस्तो कदमले देशको संस्कृति र परम्परा मासिने उल्लेख गरेका छन् ।

राजाले यस्तो वक्तव्य जारी गरेपछि देशको निर्वाचन आयोगले मार्च २४ मा हुने चुनावका लागि राजकुमारी उबोल्रातानालाई अयोग्य घोषित गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

पाँच वर्षदेखि सैन्य शासनमा रहेको थाइल्याण्डमा यो चुनावपछि आधिकारिक रुपमा पुनः प्रजातन्त्र स्थापित हुने अपेक्षा छ । राजाकी दिदी प्रधानमन्त्री बनेमा थाइ राजपरिवारका सदस्य अहिलेसम्म सार्वजनिक रुपमा राजनीतिबाट बाहिर रहँदै आएको परम्परा तोडिने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।