सभामुखद्वारा ओलीको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते हुनुभएका ५ नम्बर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर सघन उपचार कक्षमा उपचार गराइरहनुभएका सांसद ओलीको स्वास्थ्यस्थितिबारे उहाँको उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिनुभएको हो ।

सांसद ओली गम्भीर घाइते भएपनि अब खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका सभामुखको सचिवालयले जनाएको छ । उहाँले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको थियो ।

आजै नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले पनि उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । दाङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुका घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।