Nic

प्रियंकाको शर्तले ससुराको होस उड्यो

काठमाडौं । भारतको मध्य प्रदेशकी प्रियंका भदोरियाले बिहेअघि ससुरा सामु राखेको शर्त सुनेर सबै आश्चर्य चकित भएका छन् । सुन्दा अचम्म लागेपनि यो असम्भव शर्त भने होईन ।

प्रियंकाले आफ्ना ससुरालाई सिधै भनिन्, ‘बिहेअघि १० हजार बिरुवा रोप्नुपर्छ’ जबसम्म १० हजार बिरुवा रोप्नुहुन्न तबसम्म बिहे गर्दैन । शुरुमा प्रियंकाको यस्तो शर्त सुनेर उनका हुनेवाला ससुरा तिनछक परे । तर अर्को विकल्प केहि नभएकाले उनले प्रियंकाको माग पुरा गरे र गत शुक्रबार आफ्ना छोरासँग धुमधाम प्रियंकाको बिहे गरे ।

प्रियंकाको घर भिंड जिल्लाको किशीपुरा गाँउमा हो । जहाँ बिहेअघि ‘बेहुलीलाई के चाहिन्छ ?’ भनि सोध्ने चलन रहिआएको छ । सामान्यतया केटीहरु गहना, कपडालगायतका बस्तु माग्ने गर्छन् । तर, प्रियंकाले यी सबै चिज नमागेर १० हजार बिरुवा रोप्नुपर्ने शर्त राखिन् ।
प्रियंका १० वर्षको उमेरदेखिनै बिरुवा राेप्दै आएकी थिईन । संयोगवश ‘पृथ्वि दिवस’कै उनको बिहेपनि भयो ।

प्रियंकाका पतिपनि आफ्नी जीवन संगिनीको वातावरणप्रतिको संवेदनशिलता दखेर निकै खुशी छन् । १० हजार बिरुवा रोप्नुपर्ने शर्तमा प्रियंकाका उपशर्त छन्, ‘५ हजार बिरुवा उनको माईतीमा र बाँकी ५ हजार उनको ससुराको घरमा लगाउनु पर्नेछ ।’ आज बढ्दो शहरिकरण, औधोगिकरण र जलवायू परिवर्तनले भारतका विभिन्न भागहरु सुख्खा भइरहेको बेला प्रियंकाको यो कदम आफैमा निकै अनुकरणिय छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…