विदेशबाट फर्केकालाई ५ करोड

काठमाडौं ।  सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँका आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृति बढ्न थाले पनि सरकारले नेपालमा हाल व्यवस्था रहेको सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो ।

रोजगारबाट फर्केका युुवालाई आवद्ध गराउन नेपालमा व्यवस्था रहेका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितहरुको निजी आवास निमार्ण कर्जा ३ लाख रुपैयाँ दिने गरी कार्यक्रम तय गरिएको समाचार कारोबार दैनिकले प्रकाशित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।