कस्तो उपमा दिउँ तिमीलाई ?

-झम श्रीपाली

कतै प्रिय स्वागतयोग्य त कतै अप्रिय हिउँ तिमीलाई
म आफै दोधारमा छु कि कस्तो उपमा दिउँ तिमीलाई

कतै दाउरा पुरिदियौ कतै घाँस पुरिदियौ निठुरी बनी
कठ्याङ्ग्रिएका बस्तुभाउको बास पुरिदियौ निठुरी बनी

हिउँमोहक मनका लागि त गन्तव्य घरमै भेटाइदियौ
तर अन्त अन्तको फरक यात्रीको गन्तव्य मेटाइदियौ

तितरबितर छन् बन्यजन्तु बिचरा भोकमै डुबेका छन्
भोक थाम्ने खेतीपाती गुमाएका शोकमै डुबेका छन्

हिमाल पहाड सेताम्मे बनी निश्चल मुस्कान छरिरहेछन्
सेल्फीप्रेमी तिम्रै काखको तस्बिर फेसबुकमा भरिरहेछन्

प्रकृतिप्रेमी पर्यटकलाई हेर्न आउ भन्दै झकझकाएका छौ
म जस्ता साहित्यिक मन भएकाहरुलाई बहकाएका छौ

सेल्फीपारखीहरु काखको मझेरीमा मस्त रमाउँदै छन्
हातकै प्रवाह नगरी तिम्रो चिस्यान न्यानो ठानी समाउँदैछन्

-निसीखोला –२ बागलुङ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।