Nic

एचडीमा जनता टेलिभिजन र देशभर सुनिने रेडियो

जनता प्रसारण तथा प्रकाशन सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा जनता टेलिभिजन, रेडियो जनता ८९.१ मेगाहर्ज, जनता समाचार डटकम र प्रकाशन गृह सञ्चालनमा आएको छ । रेडियो जनताले आज (आइतबार) बाट पूर्ण प्रसारण पनि शुरू भएको छ । यिनै, विषयमा केन्द्रीत रहेर रेडियो जनताको कार्यक्रम समय सम्वादमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा.विजयकुमार पौडेलसँग गरिएको सम्वादको सम्पादित अंश ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेड यो सात वर्षको यात्रामा कहाँ पुग्यो ?
–पैसा र अन्य माध्यमका कारण जनताको आवाज नरोकिने जनताकै वास्तविक आवाज बोक्ने सञ्चार माध्यमको खोजीमा थियौं । त्यसपछि सानासाना पैसा जुटाएर पनि ठूलो काम गर्न सकिन्छ भनेर परीक्षणका रुपमा प्रकाशन शुरू गरियो ।

नेपालमा गरिखाने बातावरण नभएकाले मान्छेमा सवै कुरा बिनामुनाफा चल्नुपर्छ र सवै सित्तैमा चल्नुपर्छ भन्ने भ्रम छ । त्यसरी त व्यवसाय नै चल्दैन । सरकारले पनि घाटामा गएको संस्थाहरू बेच्छन् । तर, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सरकारले घाटा–नाफा नहेरी चल्नुपर्छ । अरूमा त सरकारले पनि विजनेस गर्ने हो । सरकारले पनि घाटामा चल्नु हुँदैन । त्यसैले अध्ययनमै ६ वर्ष खर्च भयो । अनि, दुई वर्षदेखि जनता समाचार डटकम, १९ महिनादेखि टेलिभिजन र रेडियो जनता पूर्ण प्रशारणमा आएको छ ।

नेपाली मिडियाको मूल प्रवाहमा जनता प्रशारण तथा प्रकाशनको पृथकता के हो ?
–आमजनता, खासगरी श्रम गर्ने किसान, मजदुर, पेशाकर्मी, मध्यमदेखि धनी किसान र शहरका बुद्धिजिबीसम्मको मिडिया हामी बनिसकेका छौं । तर, ग्ल्यामर रूचाउने माथिल्लो वर्गमा पुगेको छैनौं, स्वीकार्नुपर्छ । हामी यस्तो जनताका प्रतिनिधि हौं । जसले राम्रो पक्षको मूल्याङ्कन गर्छौ र कमजोरी स्वीर्काछौं । उच्च वर्गकालाई पनि जनताको आवाज सुन्न मन लाग्छ । जनभावनामा डोहो¥याउनुपर्छ पनि । तर, त्यो बाटो अलिक फरक छ । ग्ल्यामर र महँगा कार्यक्रमको बाटो छ । हामीले सालिन र भद्र कार्यक्रम बनाएका छौं । अव, जनतालाई सहभागिता गराउने कार्यक्रम ल्याउनेछौं । आजै पनि टेलिभिजनको स्क्रीनमा फरकपन देखिनेछौ । क्रमशः एचडीमा जाँदैछौं । रेडियोलाई एक वर्षभित्र्र देशभर सुन्न सकिने बनाउने अभियानमा छौं ।

मुनाफारहित भन्ने आदर्शवादी सञ्चार अभ्यासबारे पनि छलफल शुरू भएको छ । उनीहरुको तर्क छ– नाफाले जनहित भुल्छ । तपाइलाई के लाग्छ ?
–मुनाफारहित हुन सरकारले अनुदान दिनुपर्छ । मिडिया अनुदान वा मुनाफाबाट चल्छ । नेपाल टेलिभिजनलाई पनि आफैं कमाएर खाऊ भनिएकै हो । मुनाफारहित हुने क्षेत्रहरू पनि छन् । तर, बिस्तारै गर्नुपर्छ । अस्पतालमा सस्तो पैसा वा निशुल्क गर्ने, सरकारी विद्यालयहरूमा निश्चित तहसम्म निशुल्क पढाउनुपर्छ । अनि, घुमाउरो तरिकाले एनजिओ÷आईएनजिओबाट पैसा ल्याएर मुनाफारहित छौं भन्नेहरूको छुट्टै कुरा हो । होइनभने, कुनैपनि बिजनेसमा लगानीकर्तालाई कम्तिमा निश्चित ब्याज मात्रै पनि फिर्ता नगर्ने हो भने कसले लगानी गर्छ ?

मिडियामा पारदर्शी विकल्पका रुपमा जनताको लगानीलाई रोजिएको हो ?
–पशुपतिमा बृद्धाश्रम बनाइदिने काम मुनाफारहित हुन्छ । होइनभने, मुनाफाबिना बिजनेस चल्दैचल्दैन । सरकारले संस्थान त चलाउन सकिरहेको छैन ।

विद्यमान संवैधानिक व्यवस्थाका कारण नीजि लगानीका मिडिया खुल्ने होड नै चलेको छ । यो सञ्चार गृहले चाँही कस्तो बाटो समात्छ ? जसले गर्दा सफल अनि फरक देखिन्छ ?
–थोरै व्यक्तिको लगानीमा खुलेका मिडियाहरू वित्तीय स्वार्थबाट मुक्त हुन सक्दैन । तर, धेरै व्यक्तिको लगानी भएपछि पारदर्शिताका साथसाथै जनहितकै काम गर्नुपर्ने हुन्छ । यो सञ्चार गृहमा काम गर्ने तपाइहरूले भोग्नै भएको छ । सानो अक्षर फरक पर्दा फोन आउँछ । किनभने, हामीलाई देशैभरका साथीहरुले हेरिरहनुभएको छ । सायद, यस्तो कुरा अरू मिडियामा कमै हुन्छन् ।

भनेपछि, व्यापक जनसहभागिता यो सञ्चार गृहको फरक विशेषता हो ?
–हो, पक्कै ।

निश्चित व्यक्तिको लगानीले पूरै समाजलाई ‘लिड’ गरिहेका बेला ब्यापक सहभागिताबाट चलेका मिडियाले कसरी प्रतिश्पर्धा गर्ला ?
–सामान्य मानिसहरुबाट ठूलो मिडिया चलाउन सकिन्छ र ? भन्ने विश्वास भएको ठाउँमा यो संस्था र प्रणालीलाई लिएर जान अझै धेरै संघर्ष र उकाली–ओरालीको पहाड छिचोल्नु छ । तर, आमजनताको विषय बनाइयो भने सफल भइन्छ । जनताले देश त चलाइरहेका छन् भने मिडिया चलाउन किन नसक्ने ? सकिन्छ । देश पाल्न सक्ने जनताले मिडिया पाल्न सक्छन् ।

कालो धनलाई सेतो बनाउन मिडिया चल्छ भन्ने आरोप पुरानै हो । यसबारे तपाईको अडान र अभिव्यक्ति के हो ?
–धेरै ठाउँबाट आउने कुरा हो, यो । एउटा मिडिया चलाइरहेको मानिस भएर अरुको बारेमा के बोलौं र ? तर, मिडियामार्फत् नै निवेदन गर्छु– हाम्रो सञ्चार गृहबाट समाचार वा कुनै माध्यमलाई आधार बनाउर कसैले बार्गेनिङ गर्दैन । यदि, गरेको थाहा भए खबर दिनुहोला, तत्कालै कार्बाही हुन्छ । अरूले पनि यहीबाट हिड्नुपर्छ ।

गलत क्षेत्रको लगानी रोक्न र त्यस्ता आरोपबाट बच्न यो सञ्चार चलेको हो, भन्न सकिन्छ ?
–विदेशी लगानी मिडियामा आयो भन्ने सुनिएको छ । यो त सरकारले छानबिन गर्नुपर्छ । यसबारे सम्बन्धित निकायले अध्ययन, छानबिन र कार्बाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।

अर्थशास्त्री र सामाजिक अभियान्ताका रुपमा नेपाली समाजका विभिन्न उतारचढाबका साक्षी पनि हुनुहुन्छ, तपाईं । नेपालको संवैधानिक र राजनीतिक संरचनाको बाटो बदलिएको छ । अव, नेपाली मिडियाको चरित्र कस्तो हुनुपर्छ ?
–अर्थशास्त्रका विद्यार्थी भएकाले मलाई नेपाली मिडिया तीन वटै क्षेत्रबाट चल्नुपर्छ भन्ने लाग्छ । सार्वजनिक, सहकारी र नीजि । सरकारले आफ्नो भाषा बोल्न अरूलाई पत्र लेख्ने अवस्था आउनुहुन्न । देशमा आइपर्ने संकटका बेला यस्तै मिडिया चाहिन्छ । अर्काे, ठूला लगानीका ग्लामर रूचाउने वर्गका लागि खुल्ने मिडिया पनि ठिकै हुन्छ । र, आम जनताको लगानीमा खुल्ने हाम्रोजस्तो मिडिया ।

नीजि लगानीको सार्वजनिक मिडियाबारे भने खासै बताइएको छैन । बरू, भ्रम छ । किनभने, सवै जनताको सम्पत्ति सामुहिकरण गर्ने अवस्थामा हामी छैनौं । विगतको शोभियत संघ यो कुराबाट असफल भयो । चीन पनि सांस्कृतिक क्रान्ति १९७६ पछि सवै सम्पत्ति सरकारी गर्ने विषयबाट फिर्ता भयो । जब, समाजमा नीजि सम्पत्ति रहन्छ, तब त्यसलाई लगानीको क्षेत्र रहनुपर्छ र त्यसले मुनाफा पाउनुपर्छ । अनि, मुनाफाको सीमा र कर छल्ने कुरा रोक्नुपर्छ । तर, अर्थतन्त्रका तीन वटै क्षेत्रलाई चल्न दिनुपर्छ । र, मिडियामा पनि त्यही गर्नुपर्छ ।

अहिले देश र समाजजस्तो संक्रमणमा छ । मिडिया पनि त्यस्तै अवस्थामा छ ?
–हो ।

नीजि लगानीमा सार्वजनिक मिडियाको अवधारण चाँही कसरी आयो ?
–सानो लगानीमा दश÷दश हजार जुटाएर रेडियो खोल्यो । काम त राम्रो हुने तर, दायरा सानो हुने भएकाले त्यति प्रभावकारी नहुने । त्यसपछि ठूलो लगानीकर्ताहरुले आमजनताको भन्दा पनि आफ्नो स्वार्थमा बोल्ने । जस्तो– कुनै उद्योग खुल्छ । ज्याकेट विज्ञापन पाएसम्म प्रशंसा गर्छ । अनि, विज्ञापन पाउन छोडेपछि बिरोधमा उत्रन्छ । यो अवस्था देखेपछि ठूलो लगानीको मिडिया जनताबाटै चल्नुपर्छ भन्ने भयो ।

तर, अर्वौ लगानी गर्ने मानिस हामीसँग आउदैनन् । त्यसपछि लाखलाख जुटाएर देशको राष्ट्रिय स्वार्थ रक्षा गर्न यो अभियानको शुरु गरियो । विशेषगरी एउटा घटनाले यो सञ्चार गृहलाई आकार दिन सहयोग गरेको छ । संविधानसभामा रस्साकस्सी चलिरहेको थियो । सरकारी मिडिया दुविधाको कुरा गर्थे । तर, नीजि क्षेत्रका ठूला मिडिया हाउसले संविधान आएन भने देश संकट जान्छ भनेन् । बरू यतिका समय संविधान आएन, दुई वर्ष लम्ब्याए के हुन्छ ? भन्नेगरी विदेशी हस्तक्षेपलाई स्वीकार÷संरक्षण गर्ने काम भयो । यसपछि वास्तविक जनताको लगानीमा मिडिया चाहिन्छ भन्ने अनुभव भयो ।

संविधान जारी भएपछि देश संघीय अभ्यासमा गएको छ । अव, यो सञ्चार गृहको कन्टेन्ट कस्तो हुन्छ ?
–देश संघीयता गइसकेपछि मिडियाको कन्टेन्ट पनि सोही अनुरुपको हुनुपर्छ । स्थानीय र प्रदेश स्तरका कुरालाई ध्यान दिनुपर्छ, संघीय गतिविधि त छदैछ । मुलतः अवको मिडिया कन्टेन्ट सुशासन, राष्ट्रियताको रक्षा र गरिखाने बातावरण बनाउन केन्द्रीत हुनुपर्छ । आउने २० वर्षलाई नेपाल निर्माणको एउटा स्वर्णीम काल बनाउन गरिखाने बातावरणका लागि मिडियाले आफ्नो कन्टेन्ट बनाउनुपर्छ । हाम्रो मिडियामा गरिखाने मानिसहरुको सम्मान गर्न सकारात्मक सोचजस्तो कार्यक्रम नै चलेको छ । दुई पैसा बढी पाइन्छ भनेर विदेश जाने होइन, बरू कसरी दुख गरेर देशमै बस्न र बाँच्न सकिन्छ भन्ने उत्प्रेरणा जगाउने कन्टेन्ट बनाउनुपर्छ ।

एकल स्वामित्वमा रहेका मिडियाहरु प्रदेशस्तरमा गए । यो सञ्चार गृह कसरी अगाडि बढ्छ ?
–प्रदेश नम्बर तीन बाहेक सवैमा प्रदेश कार्यालय खुलेको छ । अव, क्रमशः जनता प्रशारण तथा प्रकाशन प्रदेश स्तरमा मात्रै होइन, जनमनसम्म पुग्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…