समर लभका अतितकी साया नेपालको भान्जी

काठमाडौं । प्रेमको महिना फ्रेब्रवरी पारेर रिलिज गरीएको चलचित्र हो समर लभ । सुबिन भटराईको बेष्ट सेलर बन्न सफल चर्चित उपन्यास समर लभमा को कथामा चलचित्र बनेको हो । कथाको दुई प्रमुख पात्र अतित र साया मा नव कलाकारद्धय आशिस पिया र रेवती छेत्री ले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका छन् ।

चलचित्र समर लभमा सुरज सिङ ठकुरी लेखक र नम्रता सापकोटा अस्मिताको भुमिकामा रहेका छन् । चलचित्रमा पुस्पन प्रधानको शब्द र संगित रहेको छ । चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् । चलचित्रका नायक आशिष मेडलिङ क्षेत्रमा क्रियाशिल हुदै चलचित्रमा प्रबेश गरेका हुन् । त्यस्तै नायिका रेवती नेपाली मुलकी भारतीय कलाकार हुन् ।

भारतको आसाममा बसोबास गर्ने रेवती समर लभमा काम गर्न पाउदा निकै उत्सहीत रहेको बताउछिन् । यसको कारण हो उनको नेपाल संगको पुरानो नाता । रेवतीको मावली घर मोरङको उर्लाबारीमा रहेको छ । बाल्यकाल देखी हाल सम्म पनी दशैमा टिका र आशिर्वाद थापेको सम्झना निकै स्मरणीय रहेको उनि बताउछिन् ।

चलचित्र समर लभको प्रमोशनको क्रममा जनता टेलिभिजनको कार्यक्रम सेलिब्रटी किचनमा एक परिकार कला प्रस्तुत गर्दे नेपालकी भान्जी हुन पाउदा निकै आत्मियता महशुस गरेको बताएकी छिन् । चलचित्र समर लभ माघ २५ गते शुक्रबारबाट देश भरि प्रर्दशनमा आएको छ ।
भिडियो हेर्नुस् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।