Nic

गर्भवती शल्यक्रिया–रहर कि बाध्यता ?

ललितपुर । सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुनुहुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिने गरेको उहाँ बताउनुहुन्छ ।

९ महिना लाग्नासाथ जाँच गराउन जाँदा एक्कासि बच्चाको धड्कन बढेको भन्दै चिकित्सकले शल्यक्रियाको सुझाव दिए । ढकाल परिवारले अघिल्लो महीनासम्म ‘सामान्य अवस्था छ’ भनेर अन्तिममा शल्यक्रिया गरेकोमा चिकित्सकसँग असन्तुष्टि व्यक्त गरे । चिकित्सकले पहिले आमा र शिशुको अवस्था सामान्य भए पनि एकैपटक समस्या देखिएकाले सामान्य रुपमा सन्तान जन्मन नसकेको बताए । दुई साता शिशु स्याहार एकाइ (सिसियु) मा उपचार गराएर आमा र सन्तान गत साता घर फर्किएका छन् ।

ढकाल मात्रै होइन काठमाडौंका ठूला अस्पतालमा प्रसूति सेवा लिन पुगेकामध्ये धेरैले शल्यक्रियाबाट नै सन्तानलाई जन्म दिइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले प्रसूति सेवा लिन आउने कूल महिलामध्ये १५ प्रतिशतको मात्रै शल्यक्रिया हुने मापदण्ड तय गरेको छ ।

अस्पतालले गर्भवती र उनको परिवारले नै शल्यक्रियामार्फत सन्तानलाई जन्म दिन चाहेको बताउने गरेको छ । महिला चिकित्सकले शल्यक्रिया नगरी हुँदैन भनेकाले आफू बाध्य भएको बताउँछन् ।

भक्तपुरकी कमला नेपालले पनि ५ महिना पहिले शल्यक्रियाबाट नै सन्तानलाई जन्म दिनुभयो । पाटन अस्पतालमा झण्डै दुई दिनसम्मको प्रसव पीडापछि चिकित्सकले सन्तानलाई असर पर्ने भन्दै शल्यक्रियाको सुझाव दिएको उहाँले बताउनुभयो । पहिले शल्यक्रियाका लागि तयार नभए पनि सन्तानलाई नकारात्मक असर पर्छ भनेपछि बाध्य भएको उहाँले बताउनुभयो ।

सरिता र कमला जस्तै धेरै महिला रहर भन्दा बढि बाध्यताले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिइरहेका छन् । प्रसूति सेवामा एक दशक पहिलेसम्म आक्कलझुक्कल मात्रै शल्यक्रिया हुनेमा अहिले यो क्रम ह्वात्तै बढेको छ । अस्पतालले शल्यक्रिया नै गर्नुपर्ने अवस्था देखाएको महिला बताउँछन् । अस्पतालले भने महिला आफैँ शल्यक्रियाबाटै सन्तानलाई जन्म दिने सोचेरै आउने गरेको बताउँछन् ।

पाटन अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पवनकुमार शर्माले अधिकांश बिरामीको चाहनाका कारण प्रसूति सेवामा शल्यक्रिया बढेको बताउनुभयो । समाज परिवर्तन हुँदै जाँदा एकातिर देखासिकी गरेर शल्यक्रिया गर्ने बढेका छन् भने अर्कातिर पीडा नै सहन नचाहने महिला धेरै रहेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, ‘ज्योतिषी देखाएर फलानो दिन र फलानो चिकित्सकसँग नै शल्यक्रिया गराउँछु भन्नेको संख्या समेत दिनानुदिन बढ्दैछ ।’ पाटन अस्पतालमा धेरै जिल्लाका साना स्वास्थ्य संस्थाबाट सिफारिस भएर आएका बिरामीको चाप धेरै भएको स्त्रीरोग विशेषज्ञ डा. शर्माले बताउनुभयो । देशभरका विभिन्न जिल्लाबाट जटिलखालका समस्या सिफारिस भएर आउने हुँदा ठूला अस्पतालमा शल्यक्रियाको दर बढी भएको उहाँले धारणा छ ।

बिरामीको उपचारका क्रममा केही समस्या देखिएमा वा बिरामीका आफन्त उपचार सेवामा सन्तुष्ट हुन नसक्दा अस्पताल र चिकित्सकलाई आक्रमण गर्ने हुनाले पनि चिकित्सक जोखिम लिन डराउने उहाँले बताउनुभयो । कानूनी व्यवस्थाका कारण पनि चिकित्सकले जोखिम लिनुभन्दा शल्यक्रिया चाँडो गर्ने गरेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘कानूनी व्यवस्थाले चिकित्सकलाई असुरक्षित गरेकाले पनि उनीहरु जोखिम लिन चाहँदैनन् ।’

सन्तानलाई जन्म दिँदा सामान्य भन्दा शल्यक्रिया गराउने क्रम बढ्नुे राम्रो संकेत नभएको अस्पतालले बताएको छ । शल्यक्रियामार्फत सन्तानलाई जन्म दिँदा त्यसले महिलालाई दीर्घकालीन रुपमा धेरैखालका नकारात्मक असर गर्ने डा. शर्माले बताउनुभयो । घाउ पाक्ने वा दुख्ने हुन सक्ने भन्दै धेरै दिनसम्म बिरामीलाई अस्पतालले त्यही राखेर उपचार गर्ने गरेको अस्पतालले बताएको छ । सामान्य रुपमा सन्तान जन्माएकी महिला त्यही दिन वा भोलिपल्ट घर फर्कने भए पनि शल्यक्रियाका बिरामीलाई हेरचाहका लागि एक सातासम्म अस्पतालमा राख्नुपर्ने उहाँले बताउनुभयो ।

दीर्घकालीन रुपमा पनि एक पटक लागेको घाउ पूरै निको हुन गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसैले पनि हामी शल्यक्रिया गरिदिनु भन्दै आउने बिरामीलाई बाध्यकारी वाहेक सामान्य अवस्थामा शल्यक्रिया नगर्ननै सुझाव दिँदै आएका छौं । ’पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मा एकाथरी महिलाले सन्तान गर्भमा आएदेखि नै शल्यक्रियाको योजना बनाउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार शल्यक्रिया गर्न पाउनु आफ्नो अधिकार हो भन्दै धेरै महिला अस्पताल पुग्ने गरेका छन् । उहाँले भन्नुभयो, ‘आम महिलालाई शल्यक्रियाका कारण शरीरमा हुने नकारात्मक असर बुझाउन खाँचो छ ।’ पाटन अस्पतालको केही वर्षदेखिको तथ्याङ्कलाई हेर्दा प्रसूति सेवामा सामान्यभन्दा शल्यक्रिया बढि देखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम अनुमोदन गरेको छ । समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च…

वीघाटको पानी यहाँ आउने र त्यसले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ ।बाइधारा क्षेत्रमा शीतलामाई र गुहृयेश्वरीको पूजा…

‘२०६२, ०६३ को जनआन्दोलनमा धर्मनिरपेक्षता राजनीतिक दलको एजेण्डा थिएन । ‘जनआन्दोलन सकिएको तीन साता नबित्दै धर्मनिरपेक्षता बनाइयो । यो अत्यन्तै…

मन्त्रिपरिषदको सोमबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । कर्मचारी समायोजनदेखि समृद्धिको पथमा मुलुकलाई लैजाने सवालका महत्वपूर्ण निर्णय भएका छन्…

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।…

भारतको ठूलो राज्य उत्तर प्रदेशमा ८ सिट, बिहारमा ५, असम ५, छत्तिसगढ ३, जम्बु कश्मिर २, कर्नाटक १४, महाराष्ट्र १०,…