Nic

प्याब्सन भक्तपुरको अध्यक्षमा चन्द्र अधिकारी

नारायण थापा

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको १४ औं जिल्ला अधिवेशनबाट चन्द्र अधिकारी (निष्ट ई. स्कुल) अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

त्यस्तै, अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा राजन कसपाल र विणा पाण्डे, सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा डिल्लीराज जोशी, सहसचिबमा नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति, सहकोषाध्यक्षमा बिष्णुकुमारी थापा चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा रमेशचन्द्र श्रेष्ठ, निलेश आचार्य, सानुराजा कार्की, राममणी न्यौपाने, लक्ष्मी कुटु, कृष्ण कार्की, ईश्वर बहादुर श्रेष्ठ, टंकप्रसाद सिटौला र सूर्यबहादुर भण्डारी छनौट हुनुभएको छ भने महाधिवेशन प्रतिनिधिमा शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी , निरन्जन श्रेष्ठ, प्रदिप थापा, गणेशबाबु पोखरेल, विनोदकुमार कोइराला र कमलादेवी अमात्य राजभण्डारी छानिनुभएको छ । नयाँ नेतृत्व सबै सर्वसम्मत रुपमा चयन भएको हो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, उपाध्यक्ष दिपीका थापा, प्याब्सन भक्तपुरका निबर्तमान अध्यक्ष श्रीकृष्ण केसी, निबर्तमान सचिव सेमन्तराज सुवेदीलगायतले सरकारले शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई उपेक्षा गरेको आरोप लगाएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मोहनप्रसाद ओली फोनको प्रतिक्षामा थिए । जनता समाचार डटकमले केही दिनअघि सामाजिक सञ्जालमा आएको अन्तरवार्तालाई अनलाइनमा उतारेको थियो…

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…