Nic

तपाईंलाई त पूर्वराजाले पनि पत्याउनु हुन्न रे !

खेम बम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनसँगको अन्तरवार्ता निकै रोचक बन्यो । नबनोस् पनि कसरी, पार्टीका एक्ला सांसदले सिंगो सिद्धान्त, रणनीति, आगामी कार्यदिशा, अडानलाई संसदमा प्रस्तुत गर्नुपर्दछ ।

उहाँले संसदमा फरक अनुभूति त गर्नुभएको छैन, तैपनि एक्लै सांसदले बोलिरहँदा माग पूरा हुन्छन् वा हुँदैनन् यो प्रमुख विषय हो । अन्तरवार्तामा लिङ्देनले भन्नुभयो– ‘संसदमा सांसदले बोलेका सबै माग कहाँ पुरा हुन्छन् र ? सबै माग पुरा हुनुपर्छ भन्ने पनि छैन, जायज मागहरु सम्बोधन भएकै छन् ।’

संगठनलाई सशक्त बनाउने मिसनमा लागेको राप्रपाले हिन्दुराज्य कायम गर्दै राजसंस्था पुनर्स्थापित गर्नुपर्ने अडान लिएको छ । अन्तरवार्तामा अर्को प्रश्न थियो– युग सुहाउँदो तपाईंको एजेन्डा भए नि, सम्भव छ नेपालमा राजसंस्था ?

लिङ्देन भन्नुहुन्छ, ‘असम्भव केही छैन, राजसंस्था आउँदैमा मुलुकमा विकास नहुने भन्ने हुन्छ र ? कुनै द्वन्द्वको सिर्जना गरेर राजसंस्था फर्काउने होइन शान्तिपूर्ण ढंगले स्थापित गराउनुपर्छ ।’ माओवादी युद्धकालको स्मरण गर्दै लिङ्देनले भन्नुभयो, ‘२०५२ साल फागुन २ गते माओवादीले युद्धको घोषणा गर्दा कति नै जनशक्ति थियो र ? यदि अहिले राप्रपाका सबै शक्ति भूमिगत रुपमा लागेर युद्धको सुरुवात गरिन्छ भने के हुन्छ हालत ? तर हामी त्यस्तो चाहन्नौ । शान्ति र सुव्यवस्थित ढंगले राजसंस्थालाई पुनस्र्थापित गराउनुपर्छ ।’

पूर्वराजाले त तपाईंलाई पत्याउन छोड्नुभयो नी भन्ने प्रश्नमा लिङ्देनको जवाफ यस्तो छ– ‘हामी कुनै राजाले खोलेको अमुक पार्टी होईनौ, एजेन्डा हो । हिजोका दिनमा मुलुकको हितका पक्षमा राप्रपा उभिएका इतिहास जगजाहेर नै छन् । राजाले पत्याउने नपत्याउने बिषय प्रधान होइन ।’ लिङ्देनले सरकारका कामकारबाही प्रति असन्तुष्टि समेत जनाउनुभयो । दुई तिहाइको दम्भले मुलुक खतरामा जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मोहनप्रसाद ओली फोनको प्रतिक्षामा थिए । जनता समाचार डटकमले केही दिनअघि सामाजिक सञ्जालमा आएको अन्तरवार्तालाई अनलाइनमा उतारेको थियो…

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…